केएमसी सिनामंगलमा इन्टर्न डाक्टरमाथि कुटपिट, विरोधमा चिकित्सकहरु सेवा छाडी सडकमा
काठमाडौँ, १४ असोज । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा डाक्टरमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौं चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी घर भई सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम रहेका छन् ।
उनीहरुले आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।
डाक्टरमाथि कुटपिट भएपछि अहिले केएमसीमा कार्यरत स्वाथ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्।
केएमसीका आवासीय चिकित्सक डा सरोज कार्कीले नेफ्रो ओपिडीमा बढी भिड भएको र एक छिन हुलमुल नगर्नुस भनेर सम्झाउँदा घटना भएको बताए ।
‘नेफ्रो ओपिडी मिर्गौैला सम्वन्धी जाँचका लागि बिरामी लिएर आएको तीन चार जनाको समूह थियो । भित्र एकदमै भिड भएपछि पालै पालो आउनु होला । एक छिन सबै जना बाहिर जानुहोस भनेर डा खड्काले बाहिर निकाल्दा हामीमाथि हातपात गर्ने भन्दै एक्कासी जाहि लागेछन्,’ डा कार्कीले अगाडी थपे, डा. खड्कालाई बाहिरि चोट नदेखिए पनि टाउको, हात र खुट्टामा असर देखिएको छ । उनले घटनापछि अस्पतालका आवासीय चिकित्सक, इन्टर्न तथा विद्यार्थी सबै सेवा बहिस्कार गरी सड्कमा आएको बताए ।
सरकारले कुटपिट घटनाको विरोधमा आन्दोलनरत चिकित्सकसंग हिजो मात्रै बार्ता गरी छ बुँदे सहमति गरेको थियो ।
सम्पर्क इमेल : [email protected]