चिकित्सकको आन्दोलन फिर्ता पछि सरकारी अस्पतालको सेवा नियमित

काठमाडौँ, १४ असोज । आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि पाँच दिन देखि अबरुद्ध भएको सरकारी अस्पतालको ओपिडी सेवा आजबाट सुचारु भएको छ । चिकित्सक र सरकारबीच भएको छ बुँदे सहमति पछि आजबाट सेवा सुचारु भएको हो ।

विहान ८ बजे देखि ओपिडी सुरु हुने वीर अस्पतालमा सेवा सुचारु रहेको निर्देशक डा. सन्तोष पौडेलले बताए । यस्तै टिचिङ, कान्ति, प्रसूतिगृह लगायतका अरु सरकारी अस्पतालमा पनि ओपिडी सञ्चालनको तयारी रहेको छ ।

यसअघि लमजुङ, पोखरा, चितवन, ललितपुर लगायतका अस्पतालमा आफ्ना सहकर्मीमाथि कुटपिट तथा दुर्व्यहार भएको भन्दै आवासीय चिकित्सकहरु काम छाडेर आन्दोलनमा लागेका थिए । उनीहरुले स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति गठन गरी प्रदर्शनमा उत्रिएका थिए ।

गृह मन्त्रालयमा हिजो राती सम्पन्न बार्तामा सरकारका तर्फबाट निमित्त स्वास्थ्य सचिव डा दिपेन्द्ररमण सिंह र आन्दोलनरत चिकित्सकहरुको तर्फबाट संघर्ष समितिका संयोजक डा शेषराज घिमिरेले सहमतिमा हस्ताक्षर गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *