डेंगु संक्रमितको संख्या २८ हजार नाघ्यो

काठमाडौँ, ७ असोज । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार गत जनवरीयता हालसम्म २८ हजार ८०३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

डेंगु संक्रमणका कारण १५ जनाको मृत्यु भएको छ । डेंगु सङ्क्रमण ७६ वटा जिल्लामा देखिएको महाशाखाले जनाएको छ ।

त्यस्तै सबैभन्दा धेरै कोसी प्रदेशमा २१ हजार ५१७ जना संक्रमित भएका छन् ।

वाग्मती प्रदेशमा ४ हजार ३१५, गण्डकीमा ९७५, मधेसमा ५६४, लुम्बिनीमा ४८१, कर्णालीमा ७५ र सुदूरपश्चिम प्रदेशमा ८७६ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा ९५१ जना डेंगुबाट संक्रमित भएको ईडीसीडीले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *