केडीसी अस्पतालमा थपियो आँखा उपचार सेवा

काठमाडौँ, ५ असोज । बसुन्धरास्थित केडीसी अस्पतालमा आँखा उपचार सेवा थपिएको छ । अस्पतालले बीएम फाउन्डेशन र टिपिवी फाउन्डेशनको सहयोगमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो ।

अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले जनरल सेवा बाहेक स्पेशल दन्त सेवा संगै रहेको अस्पतालमा अब आँखा उपचार सम्वन्धी स्पेशल सेवा थपिएको बताए ।

‘हामीकहाँ झण्डै एक महिना देखि यो सेवा थपिएको छ । नेत्र विशेषज्ञहरुद्धारा आँखा सम्वन्धी सबै उपचार सेवा प्रदान हुन्छ । दन्त सेवा तथा जनरल सेवा लिन आउने बिरामीहरुले अब एउटै छानाबाट आँखा सेवा पनि लिन सक्नु हुने भयो,’ डा श्रेष्ठले भने ।

अस्पतालमा शनिबार बाहेक हप्ताको छ दिन विहान ९ बजे देखि बेलुका ६ बजेसम्म आँखा उपचार सेवा उपलव्ध हुँदै आएको छ । प्रत्येक शुक्रबार भने आँखा परीक्षण निशुल्क हुने गरेको डा. श्रेष्ठले जानकारी दिए । ‘अरु दिन १५० रुपैयाँमा विशेषज्ञ सेवा उपलव्ध हुन्छ । शुक्रबार भने निशुल्क परीक्षण हुँने गरेको छ,’ उनले भने ।

नेत्र विशेषज्ञ डा ज्योति बास्तोला पौडेलले केन्द्रमा आँखा सम्वन्धी सबै परीक्षण तथा उपचार हुने बताइन् । ‘ओपिडी, दृष्टिदोष, चस्मा जाँच, यूभिआई रेटिना जाँच लगायत मधुमेह तथा उच्च रक्तचापका बिरामीको आँखाको पर्दा जाँच लगायतका सबै जाँच हुन्छ,’ उनले भनिन् ।

केन्द्रमा कार्यरत बी. अप्टोमेट्रिस रोहित यादवले, आँखाको डेढोपना, एलर्जीहरु कन्जन्टीबाइटीस, जलविन्दु, मोतिविन्दु, भिजन थेरापी, मेसिनद्धारा आँखाको पावर जाँच लगायतका कामहरु भइरहेको बताए ।

उनले अस्पतालमा विस्तारै सेवाग्राहीहरुको संख्या बढ्दै गएको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *