स्वास्थ्य मन्त्री बस्नेतले गरे एचपीभी खोपको ‘डेमोस्ट्रेसन’

सरकारले एचपीभी खोप अभियान सुरु गरेको पहिलो पटक भने होईन

काठमाडौँ, २७ भदौ । सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोपको डेमोस्ट्रेसन गरेको छ ।

बुधबार स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुगेर डेमोस्ट्र्ेशनको शुभारम्भ गरे । मन्त्री बस्नेतले अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर उक्त खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेका हुन ।

भ्याक्सिन क्यारियर प्राप्त गरेपछि अस्पतालका स्वास्थ्यकर्मीहरुले तोकिएका उमेर समूहका किशोरीहरुलाई खोप दिन शुरु गरेका थिए ।
यसपटकको पहिलो खोप भने धुम्बाराहीकी १४ बर्षिय किशोरी आइरिस मानन्धरलाई दिइएको थियो ।

सो अवसरमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले यसपटक प्राप्त सिमित खोप देशका ७ वटै प्रदेशमा समानुपातिक ढंगले वितरण गरिएको र आगामी बर्ष द भ्याक्सिन अलायन्स गाभीले डोनेसन गरेपछि देशभरका तोकिएका उमेर समूहका किशोरीहरुलाई उपलव्ध हुने बताए ।

सरकारले १० देखि १४ वर्ष उमेर समूहका झण्डै साढे १६ लाख किशोरीहरुलाई यो खोप दिने योजना बनाएको छ । यसका लागि गाभीसंग खोप सहयोग मागेको छ ।

मन्त्री बस्नेतले भने, ‘सबै किशोरीका लागि पुग्ने गरि खोप ल्याउन ग्लोबल भ्याक्सिन अलाइन्स ९गाभी० सँग कुरा भइरहेको छ । एक वर्ष भित्र सबैका लागि एचपीभी खोप आइसक्ने छ ।’ पाठेघरको मुखको क्यान्सरका कारण अकालमा ज्यान जोगाइरहेका महिलाको जीवन बचाउन सरकार सम्वेदनशील छ ।

कार्यक्रममा परिवार कल्याण महासाखाका निर्देशक डा। विवेककुमार लालले नेपालमा क्यान्सरका कारण मृत्यु हुनेहरुमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सरले हुने गरेको तथ्यांक प्रस्तुत गर्दै १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई यो खोप लगाउन सकिए अकाल मृत्युबाट बचाउन सकिने बताए ।

स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईले यो खोपको शुभारम्भ हुनु खुशीको कुरा भएको बताउदै मन्त्रालय सबैलाई पुग्ने गरि खोप ल्याउन लागिपरेको बताइन ।

अर्का  सचिव  डा रोशन पोखरेलले ९ देखि १५ वर्ष उमेर समूहका सबै किशोरीहरुलाई खोप आवश्यक भए पनि अहिले थोरैलाई मात्र दिन सकिएको स्विकार्दै एक वर्ष भित्रै खोप उपलब्ध गराएर नियमित अभियान संचालन गरिने बताए ।

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा। संगीता मिश्रले अहिले १६ लाख बढी किशोरीलाई यो खोपको आवश्यकता भएको र सबैका लागि पुग्ने गरि खोप उपलब्ध गराइदिन गाभीसँग प्रस्ताव गरेको र यसका गाभी सकारात्मक रहेकोले एक वर्षभित्र सबैका लागि खोप आईपुग्ने जानकारी दिइन ।

सरकारले एचपीभी खोप अभियान सुरु गरेको पहिलो पटक भने होईन

सरकारले यसपटक डेमोस्ट्रेसनका लागि सातै प्रदेशमा एचपीभी खोप लगाउन थालेको छ । तर यो नयाँ कार्यक्रम भने होईन । गत वर्ष चितवनमा ६ हजार बढी बालबालिकालाई वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले लगाईदिएको थियो । त्यसभन्दा अघि २०७२ /०७३ सालमा पनि स्वास्थ्य मन्त्रालयकै अगुवाईमा पाइलटिङको रुपमा भन्दै चितवन र कास्कीमा एचपीभी खोप अभियान चलाइएको थियो ।

त्यसबेला ‘द ग्लोवल एलाइन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) को निशुल्क सहयोगमा बुधबार १७ हजार ६ सय भाइल खोप आएको थियो । यो खोप चितवन र कास्कीका करीव १५ हजार किशोरीहरुलाई दिईने बताइएको थियो । पहिलो डोज ९४ प्रतिशत कभरेज भएको समेत त्यसबेलाको रिपोर्टमा उल्लेख छ ।

त्यतिवेला विद्यालय गएका कक्षा ६ मा पढ्ने र विद्यालय नगएका १० बर्ष उमेरका बालबालिकाहरुलाई २ मात्रा एचपीभी खोप दिइएको थियो ।

तर, एक वर्ष पुग्दा नपुग्दै कार्यक्रमले निरन्तरता पाएन । खोप अभाव भएको भन्दै दातृ निकायले हात झिकेपछि त्यसबेला कार्यक्रम रोकिएको हो ।

गत वर्ष क्यान्सर अस्पताल भरतपुरले विद्यालयमा अध्ययन गर्ने ११ देखि १३ बर्ष उमेर समूहका ६ हजार २५० जना किशोरीहरुलाई यो खोप दिएको हो । भरतपुर महानगरपालिका, माडी नगरपालिका र रत्ननगर नगरपालिकामा मात्रै यो खोप दिइएको थियो । क्यान्सर अस्पतालले गतवर्ष १२ हजार ५ सय डोज खोप दुई मात्रा लगाउन मिल्ने खालको खरीद गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *