बीपीको प्रजातान्त्रिक समाजवाद र नेपालको स्वास्थ्य

– ओमप्रसाद उपाध्याय

भदौ २४ गते स्वर्गीय बीपी कोइरालाको जन्म जयन्ती । न्वारनको नाम चुडामणि भएपनि भारतको काशीमा जन्मेको हुँदा बिश्वेश्वर राखिएको हो ।

बीपीको जन्म जयन्ती मनाईरहँदा अहिले उनले लिएका नीतिको बिषयमा विभिन्न बहसहरु भएका भएका छन् । वीपीको प्रजातान्त्रिक समाजबादको बिषयमा बहस गर्दा पन्ध्र बर्षको अबधिमा नेपाली समाजलाई मध्यम परिवारमा पुरयाउने लक्ष देखिन्छ।

उनी चाहन्थे मेरो जस्तै एक परिवार जहाँ केटाकेटीलाई शिक्षा प्रदान गर्न सकियोस बिरामी हुँदा ओखतिमूलो गर्न सकियोस । परिवारमा एउटा दुहुनो गाई होस् खेतियोग्य जमिन होस् । हो साच्चै नै बीपीको कल्पनामा समाजको एउटा मिठो चित्र देखिन्छ ।

त्यसो त बीपी भारतको जसलोक अस्पतालमा आफ्नो उपचार गराइरहँदा त्यहाँका बिज्ञ चिकित्सकसंग सोध्नु भएको थियो, डा साप म मेरो देशको स्वास्थ्य अवस्था सुधार्न कुन कुरालाई प्राथमिकता दिनु पर्ला ? त्यो बेला चिकित्सकहरुले समाजमा ९० प्रतिशत रोगहरु दुषित पानीको कारण हुन्छन् शुद्व पानी को व्यवस्था गरे धेरै रोगहरु निर्मूल हुन्छन ।

बीपीले करीव अठार महिनामात्र सरकार चलाउन पाउनु भयो । त्यो बेला धेरै समाजवादी कार्यहरु सम्पन्न भए। बिर्ता उन्मूलन, राजारजोटा उन्मूलन जंगलको राष्टियकरण भूमिसुधार आदि।

जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीका अनुसार उक्त समयमा निर्वाचन क्षेत्र केन्द्रित स्वास्थ्य सेवामा जोड दिइएको थियो । देशभरका १०९ निर्वाचन क्षेत्रमा हेल्थ सेन्टर खोलिएको थियो । त्यस बाहेक भजनी ओलाङचुङगोला नाम्चे लगायत बिशेष स्थानमा थप हेल्थ सेन्टर खोलिएको थियो ।

त्यही समयमा दशहजार स्कूल खोलिएका थिए । डा. मरासनीका अनुसार चिकित्सक हेल्थ सेन्टरलाई केन्द्रमा राखि प्रहरी चौकी, विद्यालय लगायतका आधारभूत ब्यबस्था गरिएको थियो ।

विकास प्रति बीपीको दृष्टिकोण :
बीपीले ठूलो पूर्बाधार जटिल प्रबिधिलाई जोड दिनु भएन । उहाँले नेपालीले ग्रहण गर्न सक्ने प्रबिधि उपयोग गर्नु पर्छ भन्नु भयो ।
आफू भारत भ्रमण जाँदा दक्षिण भारतको कुनै बिकसित शहर जानु भएन हिमान्चल प्रदेशको कुटि उद्योग कृषि हेर्न जानु भएको थियो ।

नेपाली समाजले धान्न सकिने मध्यमस्तरको पूर्बाधार उद्योग लगायतको बिषयमा जोड दिनु भएको विभिन्न आलेखमा पढ्न सकिन्छ ।

भारतका बापु महात्मा गान्धी, स्व वीपी कोइराला, र स्व प्रदिप गिरीको बिकास प्रति समान दृष्टिकोण पाइन्छ।

महात्मा गान्धीले पनि भारत स्वतन्त्र पश्चात भारतमा आफ्नै मोडेलको बिकास चाहिन्छ भनेका थिए । बेलायतले बिश्व उपनिवेश गरेर बनाएको जस्तो बिकास हामी गर्न सक्दैनो भन्ने उनको दृष्टिकोण थियो ।

बीपीको दृष्टिकोण अनुसार कार्यान्वयनमा आएको स्वास्थ्य नीति विसं २०४८ सालमा नेपाली काङग्रेसको सरकार बन्यो। डा रामबरण यादव (पूर्व राष्ट्रपति)  स्वास्थ्यमन्त्री बनेको समयमा नेपालको स्वास्थ्य नीति २०४८आयो । त्यो बेलाको संरचना अनुसार प्रत्येक गाँउपालिकामा उप स्वास्थ्य चौकी, प्रत्येक निर्वाचन क्षैत्रमा प्राथमिक स्वास्थ्य केन्द्र, जिल्लास्तरमा जिल्ला अस्पताल, अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल, केन्द्रीय अस्पताल, बिशिष्ट प्रकारका अस्पताल, शिक्षण प्रतिष्ठान को संरचना बिकास गरियो ।

स्वास्थ्य क्षैत्रमा निजी क्षेत्रलाई पनि लगानी गर्न खुला गरियो । उक्त सरकारले पनि अढाइ बर्ष भन्दा बढि काम गर्न सकेन । स्वास्थ्य नीति २०४८ ले करिब बीस बर्ष काम गरेको देखिन्छ । यही स्वास्थ्य नीति अनुसार काम गर्दा झाडापखाला खोपजन्य रोग मातृ मृत्युदर शिशु मृत्युदरमा उल्लेख्य रुपमा कमि आएको छ। यही नीतिको आधारमा नेपालले संयुक्त राष्ट संघले लिएको सहश्राब्दी विकास लक्ष्यलाई हासिल गर्न सफल भयो । नेपालको औषत आयु पनि बढ्यो ।

अहिले के छ अवस्था ?
हालको अवस्था नेपालको संविधान २०७२ जारि भयो । नेपालको संबिधानको धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाइ मोलिक हकको रुपमा राखियो । तीन तहका सरकारको ब्यबस्था गरियो तर स्वास्थ्य सेवालाई तीन तहको सरकारको अधिकारको सूचिमा राखिएको छ । साझा अधिकारको सूचिमा पनि छ ।

नेपालमा वार्ड स्वास्थ्य केन्द्र अथवा आधारभूत स्वास्थ्य केन्द्र स्वास्थ्य चौकी आधारभूत अस्पताल जिल्ला अस्पताल प्रदेश अस्पताल संघ मातहत रहेका अस्पताल बिशिष्टिकृत अस्पताल शिक्षण संस्थान मेडिकल कलेज रहेका छन । निजी क्षेत्रको लगानीमा क्लिनिक पोलिक्लिनिक अस्पताल बिशिष्टिकृत अस्पतालहरु सञ्चालनमा रहेका छन।

अबको बाटो
बिश्वव्यापी रुपमा देखा परेको कोभिडको महामारी लगायत र बिश्व परिवेशमा आएको अन्य परिवर्तनले राज्य बलियो प्रभावकारी हुनुपर्छ भन्ने मान्यता आएको छ । बिपि कोइराला पनि राज्य बलियो भएर राज्यका कमजोर बर्गको संरक्षण गर्नु पर्दछ भन्ने मान्यता थियो उनको । सन् १९९० को दशकमा उदारिकरणको लहरमा निजी क्षेत्रले सबै क्षेत्रमा राम्रो काम गर्छ भन्ने मान्यता भएता पनि अब निजी क्षेत्रको भरमा सबै बिषय छोड्न मिल्दैन भन्ने मान्यता आएको छ।

अब निजी क्षेत्र भन्दा राज्यका निकायहरु बलियो प्रभावकारी बनाउन जरुरी छ । हामी कहाँ बीस पचासको दशकमा संरचना स्थापना गर्न ठूलो चुनोति थियो आज भएका संरचनालाई प्रभावकारी रुपमा परिचालन गर्ने सेवा प्रवाह ब्यबस्थित गर्ने ठूलो चुनौती रहेको छ । तीन तहका सरकारमा रहेका स्वास्थ्य संस्थाहरुमा पर्याप्त भोतिक पूर्बाधार आधुनिक प्रबिधि दक्ष प्रतिबद्व जनशक्ति सेवा प्रवाहको बिधि सुदृढ ब्यबस्थापन जरुरी छ । स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी बढाउनु परेको छ ।जनशक्ति आपूर्ति निरन्तर आवश्यक छ ।

स्वास्थ्य क्षेत्रको जनशक्ति ब्यबस्थापन आफैमा जटिल छ । आपूर्ति भएको जनशक्ति पनि बर्षेनि अध्ययन बिदा बिदेश पलायन लगायतका थप समस्याहरु सृजना भएर स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ भएको छ। स्वास्थ्यमा जनशक्ति दरबन्दी बृद्वी नगरेको धेरै भइसकेको छ । बिगतमा सर्ने रोगहरुको भयाबह अवस्था थियो भने आजको दिनमा नसर्ने रोग मुटु मृगोला क्यान्सर लगायतका जटिल रोगको उपचारमा नागरिकले घर खेत बेचेर पनि धान्न नसक्ने अवस्था छ।स्थानीय तर प्रदेश संघ सम्म भएका स्वास्थ्य संस्थामा पर्याप्त लगानी सुदृढ ब्यबस्थापन अन्तर तह समन्वय सहकार्य गरेमा मात्र नागरिकलाई स्वास्थ्य सेवा सहज रुपमा दिन सकिन्छ ।

निजी क्षेत्रको नियमन नियन्त्रण :
नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको उल्लेख्य योगदान रहेको छ। ओषधि उत्पादन अस्पताल सन्चालन शिक्षण संस्थाहरु स्थापना लगायत हरेक क्षेत्रमा निजी क्षेत्रले सहभागिता जनाएको छ । निजी क्षेत्रबाट भएको स्वास्थ्य सेवाको ब्यपार गणस्तरीय उचित मूल्य भएको सुनिश्चित गर्ने नियमन नियन्त्रण गर्ने जिम्मेबारी सरकारको हो । निजी क्षेत्रलाई सही मार्गमा हिड्ने लगाउने जिम्मेवारी पनि सरकारको हो। सरकारले एन निर्माण गरेर निजी क्षेत्रबाट प्रबाह भएको बस्तु सेवाको मूल्य र गुणस्तरियताको मापदन्ड सुनिश्चित गर्न जरुरी छ ।

वीपीको परिकल्पना हाल बिश्वमा आएको महामारी प्राकृतिक बिपद जलबायु परिवर्तन लगायत बिषयलाई मध्य नजर गरेर सरकारी स्वास्थ्य संस्थाको सेवा प्रवाह सुदृढ बनाउने नागरिकलाइ सुलभ सहज हिसाबले स्वास्थ्य सेवा दिने स्वास्थ्यमा राज्यको लगानी थप गर्ने निजी क्षेत्रलाई सही मागर्मा लगाए पश्चात राज्यको दायित्व संबिधानको मर्म पुरा हुने देखिन्छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *