‘अचेत अवस्थामा भेटिएका नेम्वाङलाई अस्पताल पुर्‍याउँदा नै ढिलो भइसकेको थियो’ – चिकित्सक

काठमाडौँ, २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । अचेत अवस्थाका नेम्वाङलाई परिवारले आज विहान १ : ५० बजे त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्‍याए पनि चिकित्सकले बचाउन सकेनन् ।

त्रिवि शिक्षण अस्पतालका इमरजेन्सी विभाग प्रमुख प्राडा रमेश महर्जनले नेम्वाङलाई अस्पताल ल्याईपुरयाउँदा कुनै पनि ‘साइन्स अफ लाइफ’ नभएको  बताए । उनले भने, ‘जिवित भएको कुनै आधार र लक्षण थिएन तै पनि हामीले प्रयास गर्‍यौँ । व्युतिन सक्नु भएन ।’

उनका अनुसार झण्डै २० – ३० मिनेटको प्रयासमा पनि केही संकेत नदेखिएपछि मृत्यु भएको घोषणा गरेको थियो ।

परिवारिक स्रोतका अनुसार नेम्वाङलाई परिवारका सदस्यहरुले राती १ बजे तिर शौचालयमा अचेत अवस्थामा लडिरहेको भेटेका थिए ।

शौचालयबाट कोठामा ल्याएर केही समय ‘चेष्टमा प्रेसर’ दिने (सीपीआर)  काम गरेपछि अस्पताल ल्याएका थिए । डा. महर्जनले नेम्वाङ विगत २० वर्ष देखि सुगरका बिरामी रहेको र औषधि लिई रहेको बताए ।

नेम्वाङको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली , प्रधानमन्त्री पुष्पकमल दाहाल विहानै त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

उनीहरुबाहेक अन्य नेताहरु पनि त्रिवि शिक्षण अस्पतालमा पुगेका छन् । उनको शव अहिले विहान नै देखि पार्टी कार्यालय च्यासलमा श्रद्धान्जलीका लागि राखिने भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *