औषधि व्यवस्था विभागले सञ्चालनमा ल्यायो सेवाग्राही सहायता कक्ष

काठमाडौँ, २५ भदौ ।  औषधि व्यवस्था विभागले सेवाग्राहीको सहायताका लागि कार्यालय परिसरमा सेवाग्राही सहायता कक्ष (हेल्प डेक्स) सञ्चालनमा ल्याएको छ । विभागमा आउने सेवाग्राहीका लागि सहज रुपमा सेवा उपलब्ध गराउन आइतबार देखि हेल्प डेस्क सञ्चालनमा ल्याइएको हो ।

विभागका महानिर्देशक नारायण ढकालले औषधि पसल दर्ता, नवीकरण तथा अन्य कामका लागि आउने सेवाग्राहीलाई विभाग परिसरमा शुल्क लिएर सहयोग गर्ने विचौलियाहरु बढेको गुनासो आएपछि निशुल्क हेल्प डेक्स सञ्चालनमा ल्याएको बताए ।

यो हेल्प डेस्कमा आवश्यक कम्प्युटर सेट सहितको दुई जना सहयोगी कर्मचारी रहनेछन् । उनीहरुले दर्ता नवीकरण लगायतका विभिन्न काम लिएर आउने सेवाग्राहीलाई अनलाइन रजिष्ट्र लगायतका कामहरुमा सहजीकरण गर्नेछन् ।

हेल्प डेक्स कार्यालय समय अवधि भरी सञ्चालन हुने बताईएको छ ।

महानिर्देशक ढकालले विभागले यो सेवा आफ्नो शाखा कार्यालय विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा पनि सञ्चालनमा ल्याउन लागेको बताए । उनले त्यसका लागि कम्प्युटर सहितको कर्मचारी पुगिसकेको र एक दुई दिन पछि ती स्थानबाट पनि सेवा सुचारु हुने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *