पूर्व युवराज पारस अस्वस्थ, ह्याम्स अस्पतालमा उपचार हुँदै
काठमाडौँ, १५ भदौ । स्वास्थ्यमा समस्या भएपछि पूर्व युवराज पारस शाह अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या भएपछि उनलाई आज मध्यान्न १२ बजे तिर धुम्बाराही स्थित ह्याम्स अस्पताल लगि भर्ना गरिएको हो ।
अस्पतालका निर्देशक डा ज्योतिन्द्र शर्माले शाहको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । ‘हिजो बेलुका र आज विहान दुई पटक छाती दुखेको रहेछ । पहिले पनि मुटु सम्बन्धी गम्भीर समस्या भएको कारण सतर्कताका लागि परिवारले यहाँ ल्याउनु भयो । यहाँ आइसकेपछि सबै परीक्षण भएको छ र रिपोर्ट सामान्य नै छ । तै पनि हामीले चौविस घण्टा अव्जरभेसनमा राखेका छौँ ‘ उनले भने ।
भर्ना भएका छोरालाई भेटन पूर्वराजा ज्ञानेन्द्र, पूर्व रानी कोमल बेलुका ह्याम्स अस्पताल पुगेका थिए । पूर्व राजारानीसंगै पारस पत्नी हिमानी पनि धुम्बाराही पुगेकी थिईन् ।
पारसका दिदी बहिनीहरु भने दिउसै देखि अस्पतालमा रहेका छन् ।
उनलाई अस्पतालको भिआईपी क्याविनमा राखिएको छ ।
सम्पर्क इमेल : [email protected]