कोकाकोलामा ढुँसी देखिएपछि काठमाडौँ महानगरको एक्सन, बिक्रेतालाई डेढ लाख रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कालिञ्चोक ट्रेडिङ्लाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । वडा नं. २८ पुतलीसडकमा रहेको ट्रेडिङ् पेय पदार्थ कोकाकोलाको वितरक हो ।

२५० मिलिलिटरको शिलबन्दी बिर्को भएको बोतलको भित्र कोकाकोलामा अखाद्य बस्तु (सेतो डल्लो) देखिएपछि भृकुटीमण्डपका व्यापारीले महानगर प्रहरीमा खवर गरेका थिए । त्यसलगत्तै महानगर प्रहरी र बजार अनुगमन टोली अनुगमनका लागि गएका थिए ।

अवस्थामा विषयमा जानकारी गराउँदै कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा। अवधेश झाले भने, ‘हामीले फोहोर देखिएको बोतलको व्याच नम्बरमा उत्पादन भएका अरु बोतलहरु हेर्‍यौं । अन्य व्याच नम्बरमा उत्पादन भएका बोतल पनि हेर्‍यौं । उत्पादक, वितरक र व्यापारीसँग सोधपुछ गर्‍यौं । यसमा वितरकले लापर्वाही गरेको अवस्था अवगत भएपछि वितरकलाई कारवाही गरेका हौँ ।’

महानगरले बजार अनुगमनमा क्रममा अहिले पानी र दूधजन्य उत्पादन, वितरण तथा विक्री वितरणको बजार हेरिरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *