जब बिरामीले वीरका निर्देशक डा. पौडेललाई ‘महाकाल फार्मेसी कहाँ छ ?’ भन्दै सोधे….

काठमाडौँ, १ भदौ । विहान ८ बजे देखि नै अस्पताल सेवा सुरु भएपछि वीरका निर्देशक डा. सन्तोष पौडेल सुरुवाती समयमै एकसरो अस्पतालको निरीक्षणमा निस्कने गर्न थालेका छन् ।   बिहीबार विहान पनि त्यसैगरी विभिन्न विभागको निरीक्षणमा निस्किएका थिए ।

विहान ९ / साढे ९ बजे तिरको आसपासमा जव उनी भुई तल्लामा हिड्दै थिए । एक जना बिरामी उनी नजिकै आइपुगे र सोधि हाले, ‘महाकाल फार्मेसी कता पट्टि छ होला ?’

अस्पतालमा आएको बिरामीले एक्कासी फार्मेसीको नाम सोधेपछि डा सन्तोषले ‘किन खोज्नु भयो ?’भन्दै प्रतिप्रश्न गरे ।

उनले सिटिक्यानका लागि आवश्यक औषधिका लागि सिटिस्क्यान गर्ने ठाउँका सरले महाकाल फार्मेसीबाट यो औषधि ल्याउनु भन्दै पठाएकोले खोजी गरेको जवाफ दिए ।

सिटिस्क्यानका लागि आफ्ना स्टाफले बिरामीलाई बाहिरको फार्मेसीको नाम नै तोकेर पठाएको पाएपछि उनले कागज लिएर वीर अस्पतालकै फार्मेसीमा औषधिको सोधखोज गर्न पुगेँ । औषधि अस्पतालकै फार्मेसीमा भेटियो ।

अस्पतालकै फार्मेसीमा औषधि छ, बीमाका बिरामी हुन् । तर बिरामीलाई बाहिर किन्न पठाउँछन् । डा सन्तोषले ती बिरामीलाई संगै लिएर सिटिस्क्यान गर्ने ठाउँमा पुगे । र सोधे, ‘कसले हो तपाईँलाई बाहिरको फार्मेसीमा औषधि किन्न पठाएको ?’ बिरामीले व्यक्ति चिनाए । अस्पतालका पूर्व कर्मचारी (रेडियोग्राफर निरीक्षक) द्धारिकाप्रसाद यादव रहेछन् ।

डा. पौडेलले यादवलाई मज्जाले झपारे …. ।

‘काजफिर्तामा परी २५ साउन देखि हाजिरी समेत काटिएको हाम्रो पूर्वकर्मचारी यादवले त्यहाँ बसेर बिरामीलाई बाहिर औषधि किन्न पठाउँदो रहेछ । यस्तो घटिया काम गर्ने ? बिरामीमाथि दलाली गर्ने ? भनेर बेस्सरी झपारेँ,’ उनले अगाडी थपे, ‘वीमाका बिरामी छन्, अस्पतालमा पाइने औषधि बाहिर किन्न पठाउँछ, संयोगबस मैले नै थाहा पाएँ । अनि मैले गालि नगर्ने ? उ त २५ साउन देखि वीरमा हाजिरी समेत नभएको व्यक्तिल हो । अब बाहिरको व्यक्तिले त्यहाँ आएर बिरामी भड्काउन पाइन्छ ? त्यसैले थर्काईदिएको हुँ ।’

यादवले भने डिउटीको समयमा आफूमाथि निर्देशकले अपशव्द, गालीगलौच, दुव्र्यहार र हातपातसमेत गरेको भन्दै उजुरी गरेका छन् । उनले डा पौडेलमाथि अनुसन्धान गरी कारवाही गर्न भन्दै प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान, जिल्ला प्रशासन कार्यालय लगायतमा उजुरी दिएका छन् ।

 

निर्देशक डा पौडेलले वीरका बदमासीहरुबारे आफूलाई धेरै गुनासोहरु आइरहेको भन्दै्र अनुगमन र निरीक्षणलाई तिब्रता दिएको बताए ।

यादव १ साउन देखि नै रमाना लिएर जानु पर्ने भएपनि अस्पताल प्रशासनले तीन साताको समय दिइएको र त्यसमा पनि अटेरी गरेपछि २५ साउन देखि हाजिरी काटिएको बताइएको छ । उनले काज फिर्ता गराउने प्रयास स्वरुप उजुरबाजुरमा लागेको टिप्पणी गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *