धूमपानले गर्ने हानी बारेमा प्याकेट भित्र समेत सन्देश हालेर पठाउने व्यवस्था गर्दै बेलायत
लण्डन । बेलायत सरकारले चुरोट सेवन गर्दा स्वास्थ्यमा पार्ने असर बारे त्यसका प्रयोगकर्तालाई जानकारी दिन थालेको ५० वर्ष भयो । तर ६० लाख बेलायती अर्थात करीव १३ प्रतिशत जनता अहिले पनि धूमपानको कुलतमा छन् ।
धूमपानको सेवनबाट लाग्ने रोगका कारण बार्षिक ७६ हजार बेलायतीले ज्यान गुमाउने गरेका छन् ।
५० वर्ष अघि देखि चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटको बाहिरी भागमा यसले गर्ने हानीका बारेमा शाब्दिक र चित्रअंकित चेतावनीमुलक स्वास्थ्य सन्देश राख्दै आएको बेलायतले प्याकेट भित्र सेवन गर्न छाडदा हुने फाइदा सम्वन्धी सकारात्मक सन्देश राख्ने भएको छ ।
त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवाले सोमबार सार्वजनिक गरेको मस्यौदामा अब प्याकेट भित्र चुरोट छाड्दा हुने फाइदा सम्वन्धी फरक फरक सन्देश राखिने उल्लेख छ । जस्तो कि धूमपान सेवन गर्दा केही दिनमै हुन्छ स्वासप्रस्वासमा सुधार, धूमपान गर्न छाडेको एक वर्ष भित्रमा हृदयघातको जोखिम ५० प्रतिशतले कमी, धूमपान गर्न छाडदा हुने आर्थिक बचत लगायतका सन्देशहरु हुनेछन् । बेलायतमा धूमपान छाड्दा एक व्यक्तिको औषत बार्षिक २००० पाउण्ड भन्दा बढी बचत हुने अधययन्हरुले देखाएको छ ।
त्यसो त बेलायतले सन् २०३० सम्ममा आफ्नो देशमा धूमपान प्रयोगकर्ताको संख्या ५ प्रतिशत भन्दा तल झार्ने महत्वकांक्षी योजना अघि सारेको छ ।
सो योजनालाई साकार पार्न प्याकेट भित्री भागमा चुरोट छाड्दा हुने फाइदा समेटिएका सकारात्मक सन्देशहरु राख्न खोजिएको अधिकारीहरुले बताउँछन् ।
यस्तो प्याकेट भित्र सन्देश राख्ने व्यवस्था अहिलेसम्म क्यानडा र इजराइलमा लागू भइसकेको छ ।
सम्पर्क इमेल : [email protected]