स्वास्थ्य मन्त्रीलाई फुर्क्याउँदै प्रचण्डले भने, ‘मन्त्रिपरिषदमा उहाँको ब्रिफिङ सुन्दा आङ जिरिङ्ङ हुन्छ’
काठमाडौँ, २६ साउन । केही दिन अघि एक अनौपचारिक कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको तर्फबाट ठूला र महत्वपूर्ण निर्णय लिँदा पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी दिने गरेको बताएका थिए ।
उनले त्यसबेला आफ्नो काम गर्ने शैलीलाई लिएर प्रधानमन्त्री प्रचण्डले खुलेर प्रसंशा गर्ने गरेको सुनाएका थिए । उनले आफ्नो कार्यशैलीले वर्तमान सरकारको सफलतालाई ठूलो सहयोग पुगेको प्रधानमन्त्रीले भन्ने गर्नु हुन्छ समेत भनेका थिए । एक हिसावले प्रधानमन्त्री प्रचण्डको मनपर्ने टिम सदस्यमा आफू परेको संकेत गरेका थिए ।
शुक्रबार राष्ट्रिय सभामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीको प्रस्तुती स्वास्थ्य मन्त्री बस्नेतले केही दिन अघि भने जस्तै देखियो ।
कुराले फुरुक्क पार्न र फुरुक्क हुन खप्पिस प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य मन्त्री बस्नेतले १०० दिन कार्यभार सम्हालेको अवसरमा आयोजना आज गरेको कार्यक्रममा गएर बेस्सरी फु्र्क्याए ।
करीव सात मिनेट लामो सम्वोधनमा उनले स्वास्थ्य मन्त्री बस्नेतले गरेका कामको चर्चा मात्रै गरेनन्, उनको शैलीको समेत प्रशंशा गरे ।
‘वहाँ बढो डायनामिक र इनर्जेटिक मन्त्री हुनुहुन्छ,’ भन्दै कुरा सुरु गरेको प्रचण्डले अगाडी थपे ,’उहाँले यति काम गर्नु भएको छ, मन्त्रिपरिषद् बैठकमा उहाँको ब्रिफिङ सुन्दा अरु सदस्यहरुको समेत आङ जिरिङ्ङ हुन्छ ।’
उनी त्यतिमै रोकिएनन, ‘मन्त्री बस्नेतलाई स्वास्थ्य क्षेत्रमा नयाँ मानक स्थाफित गर्न सफल भएको मन्त्री’ भनेर समेत प्रशंसाको पोका चडाए ।
निरङ ्कुस व्यवस्था गएपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएपनि संविधानले परिकल्पना गरेका धेरै क्षेत्रमा सुधार हुन नसकेको र स्वास्थ्यमा पनि धेरै काम हुन बाँकी रहेको बताए ।
उनले सुर्ती करको रकम उपलव्ध गराउने तथा स्वास्थ्यमा बजेट बढाउने विषयमा पनि आफू सकारात्मक रहेको बताए । यस्तै नर्सिङ क्षेत्रमा विकराल समस्या रहेको त्यसको सुधारका लागि आफूले पहल गर्ने समेत बताए ।
सम्पर्क इमेल : [email protected]