नक्कली प्रमाणपत्र भएको आरोपमा पक्राउ पर्ने डाक्टरको संख्या ६ पुग्यो

काठमाडौँ, २६ साउन । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले नक्कली प्रमाणपत्र धारी डाक्टरविरुद्ध चलाएको अपरेसनमा अहिलेसम्म ६ जना पक्राउ परेका छन् ।

‘अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा बिहीबार दिउँसो प्रतिनिधि सभाका सांसद सुनिल शर्मा पक्राउ परेका थिए । बेलुकासम्म अरु पाँच जना थपिए ।

पछिल्लो पटक पक्राउ पर्नेमा ललितपुरकी श्रद्धा सिल्पकार रहेकी छन् । चाइनबाट एमबीबीएस पास गरेकी सिल्पाकारको प्लस टू प्रमाणपत्र नक्कली भएको अभियोगमा पक्राउ गरेको हो । उनी धापासीस्थित ईशान अस्पताल पछिल्लो केही साता देखि काम गर्न थालेकी थिईन ।

त्यसअघि नै सीआईबीले त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरीलाई पक्राउ गरेको थियो । बिहीबार साँझ नै थप दुई जना डाक्टरलाई सीआईबीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा डा रामबाबु यादव, रञ्जीतकुमार यादव र एरिना यादव रहेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *