नर्सिङ लाइसेन्स परीक्षा प्रश्न पत्र आउट प्रकरण: ५७ जना परीक्षार्थी कारवाहीमा, सात जनाले तीन वर्षसम्म परीक्षा दिन नपाउने (सूची सहित)
काठमाडौँ, २२ साउन । नेपाल नर्सिङ परिषद्ले गत २३ असारमा लिएको ३३ औँ नाम दर्ता परीक्षामा प्रश्न पत्र आउट भएको थियो । सो कार्यमा सम्लग्न भन्दै प्रहरीले उसै दिन सिद्धार्थ बनस्थली परीक्षा केन्द्रबाट तीन जना विद्यार्थीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
चार दिन अघि नेपाल प्रहरीको केन्द्रीय अुनसन्धान व्युरो सिआईवीले अनुसन्धान रिपोर्ट सार्वजनिक गरेपछि परिषद्ले एक महिना अघि लिएको परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
तर नतिजा सार्वजनिक गर्दा त्यसमा सम्लग्न भनिएका परीक्षार्थीहरुमाथि भने कडा कारवाही गरेको छ ।
परिषदका अनुसार परीक्षामा मर्यादा विपरित कार्य गरेको भन्दै चार जना परीक्षार्थीको परीक्षा रद्ध भएको छ भने अरु तीन जनाको परीक्षाफल रद्ध गरिएको छ । उनीहरुलाई आगामी तीन वर्षसम्म लाइसेन्स परीक्षामा सहभागी हुन नदिने समेत गत १९ साउनमा बसेको बोर्ड बैठकले निर्णय गरेको छ ।
यस्तै ५० जना विद्यार्थीको नतिजा स्थगित गरिएको छ । परिषद्ले अहिले पास भएका र छानविनको क्रममा पछि दोशी ठहर भएमा उनीहरुको पनि नतिजा रद्ध हुन सक्ने चेतावनी दिएको छ ।
परीक्षा र परीक्षाफल रद्ध भई तीन वर्ष परीक्षा दिन नपाउनेहरु यी हुन्
परीक्षाफल स्थगित गरिएका ५० जना विद्यार्थी यी हुन्
सम्पर्क इमेल : [email protected]