परम्परागत उमेर गणना विधि हटेपछि दक्षिण कोरियालीहरु दुई वर्ष कान्छा !

सिओल । संसोधिन कानून अनुसार सरकारले देशको दुई परम्परागत उमेर गणनाविधिको सट्टा अन्तराष्ट्रिय विधि अपनाउने निर्णय गरेपछि कोरियालीको उमेर दुई वर्ष कम  भएको छ । गत वुधबारबाट उमेर सम्वन्धी नयाँ गणना विधि कार्यान्वयनमा आएपछि उनीहरु दुई वर्ष कान्छा भएका हुन् ।

यसअघि दक्षिण कोरियामा एक व्यक्तिको तीन खालका उमेर देख्न पाइन्थ्यो । एक वास्तविक र दुई परम्परागत विधिबाट गणना भएको । र प्राय परम्परागत विधिबाट गणना भएको उमेरलाई त्यहाँ प्रयोग हुने गर्दथ्यो ।

परम्परागत विधिमा दक्षिण कोरियालीहरु गर्भाअवस्था देखिकै उमेर गणना गर्दै जन्मिदा एक वर्ष उमेर पुगेको बताउने गर्दथे । त्यस्तै हरेक वर्ष जनवरी १ मा थप एक वर्ष बढाउँदथे ।

यदि कुनै महिलाले डिसेम्बर ३१ मा शिशु जन्माइन भने त्यो शिशु जनवरी एकमा परम्परागत विधिबाट २ बर्षको ठहरिन्थ्यो ।

सांसदहरुले परम्परागत विधि खारेज गर्न गत डिसेम्बरमा मतदान गरेका थिए ।

‘सरकारले उमेरको गणना सम्वन्धी नयाँ नियम ल्याएपछि दक्षिण कोरियाका पछिल्ला पुस्ताहरु खुशी भएका छन् । अब मैले विदेश जाँदा बास्तविक उमेर बताउन सक्छु । तीनवटा उमेर भन्नु पर्दैन्,’ जे ओङ सुक वूले भने ।

त्यसो त सरकारले परपम्परागत उमेर गणना गर्ने विधि हटाउनु अघि जनतामाझ सर्भेक्षण समेत गरेका थिए । त्यसमा ७५ प्रतिशतले यसलाई खारेज गरी अन्तराष्ट्रिय गणनाविधि मात्रै लागू गर्न भनेका थिए ।

नयाँ विधि आएपछि उपचार तथा सुविधा र बन्देजहरुमा पनि बास्तविकता झल्किने अधिकारीहरु बताउँछन् ।’ चुरोट रक्सी किन्नका लागि अब बास्तविक उमेर पुगेको व्यक्तिले मात्रै सक्दछ । अर्थात १९ वर्ष हुनै पर्दछ । पुरानो विधिले कहिलेकाँही १७ वर्षको उमेरकै व्यक्ति पनि यो सुविधामा पर्ने गरेको थियो । जो अव्यहारिक देखिन्थ्यो,’ ह्युन जोङ व्योनले भने ।

परम्परागत उमेर गणना विधिहरु अन्य पूर्वी एशियाली देशहरुले पनि प्रयोग गर्ने गरेका थिए । तर धेरैले यसलाई छाडेका छन् ।

जापानले सन् १९५० मै परम्परागत विधि छाडेर अन्तराष्ट्रिय मापदण्ड अपनायो भने उत्तर कोरियाले पनि सन् १९८० को दशकमा परम्परागत विधि छाडेर अन्तराष्ट्रिय विधि अपनाएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *