अंगदान सम्वन्धी जनचेतनामुलक बृत्तचित्र ‘पुनर्जन्म’को प्रदर्शनी

काठमाडौँ, १३ साउन । मस्तिष्क मृत्युपछिको अंगदान सम्वन्धी जनचेतनामुलक बृत्तचित्र पुनर्जन्मको प्रदर्शनी गरिएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्माणमा बनेको यो बृत्तचित्रको शनिबार विशेष समारोहकाबीच प्रदर्शनी गरिएको हो ।

१६ मिनेट लामो यो बृत्तचित्रको निर्देशन बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी छोरी सराना श्रेष्ठले गरेकी हुन् ।

प्रिमियर सोमा सहभागी हुन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, सचिव देवकुमारी गुरागाईँ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह सहितको टोली कुमारी हल पुगेको थियो । त्यहाँ बरिष्ठ कलाकारहरु मदनकृष्ठ श्रेष्ठ, हरिवंश आचार्य सहितका अरु थुप्रै सिनेकलाकारहरुको उपस्थिति थियो । चिकित्सक, अस्पतालका कर्मचारी सहित सञ्चारकर्मीको उपस्थितिमा भएको सो सुरु हुनु अघि बृत्तचित्र निर्माणको पक्षबारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा प्रत्यारोण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्युपछिको अंगदानबारे भ्रम हटाउन, अंगदानका बारेमा उत्प्रेरणा जगाउन विभिन्न माध्यमहरुको प्रयोग गर्ने क्रममा बृत्तचित्र समेत बनाइएको बताए । उनले बृत्तचित्रले अंग फेल हुने अवस्था, अंगदानको महत्वको बारेमा सरल ढंगबाट आम सर्वसाधारणलाई बुझाउन सहज हुने बताए ।

बृत्तचित्रका निर्देशक सराहाना श्रेष्ठले मस्तिष्क मृत्युपछिको अंगदान कार्यमा अपेक्षाकृत मानिसहरुको सहभागिता नबढी रहेको र यसको एउटा मुख्य कारण जचनेतनाको अभाव हुनु हो भन्दै त्यसलाई चिर्नका लागि बृत्तचित्र सहयोगी हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा प्रमुख अतिथि बनेका स्वास्थ्य मन्त्री बस्नेतले प्रत्यारोपण केन्द्रले उपचारात्मक कामसंगै जनचेतनामुकल कार्य संगै अघि बढाएको भन्दै खुशी व्यक्त गरे । उनले बृत्तचित्रले अंगदानको महत्व र यसको आवश्यकताको बारेमा सरल ढंगले बुझाएको भन्दै मन्त्रालयले यस्ता कार्यलाई प्रोत्साहन गर्ने बताए ।

मन्त्रालयका सचिव गुरागाईँले मस्तिष्क मृत्युपछिको अंगदान सम्वन्धी कार्यलाई अभियानको रुपमा देशव्यापी रुपमा फैलाउनु पर्ने भन्दै यसका लागि मन्त्रालयले आवश्यक कार्य गर्ने बताईन् ।

यसैगरी विभागका महानिर्देशक डा सिंहले ८ वर्ष लगाएर मस्तिष्क मृत्युपछिको अंगदान सम्वन्धी नीति बनाएको भन्दै त्यसको कार्यान्वयन आजको आवश्यकता भएको बताए ।

कार्यक्रममा डा कल्पना श्रेष्ठ, मह जोडी लगायतले बृत्तचित्रको विषयमा बोलेका थिए ।

बृत्तचित्रमा नेपालमा अंगफेल हुने अवस्था के छ ? मस्तिष्क मृत्युपछिको अंगदान र प्रत्यारोपणको अवस्था, मस्तिष्क मृत्युपछि पाएको अंगबाट प्रत्यारोपण गरेका र पर्खाइमा रहेका व्यक्तिहरुसंगको अन्तरसम्वाद मार्फत आम जनमानसमा मस्तिष्क मृत्युपछिको अंगदान र अंग प्रत्यारोपणबारे बुझाउने कोशिस गरिएको छ ।

हेर्नुहोस बृत्तचित्र:

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *