नर्सिङ लाइसेन्स परीक्षामा प्रश्नपत्र ‘आउट’ गर्ने परीक्षार्थी कसरी पक्राउ परे ?
काठमाडौँ, ११ साउन । गत २३ असारमा नेपाल नर्सिङ परिषद्ले लिएको ३३ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा कुल ६ हजार १० जना परीक्षार्थी थिए । परीक्षा दिएर झण्डै सकिने बेलामा प्रश्न पत्र आउट भएको हल्ला चल्यो । बेलुका नतिजा प्रकाशित गर्ने बेलामा परिषद्ले विशेष कारणवस नतिजा स्थगित गरिएको सूचना जारी गर्यो ।
पछि थाहा भयो परीक्षामा प्रश्नपत्र आउट भएकोले परीक्षाफल प्रकाशित गर्न स्थगित भएको रहेछ । प्रश्नपत्र आउट गरेको अभियोगमा प्रहरीले सोही दिन तीन जना परीक्षार्थीलाई नियन्त्रणमा लिएको थियो । कास्की लेखनाथकी २० वर्षीया समीक्षा थापा, धादिङ त्रिपुरासुन्दरीकी २३ वर्षीया सविना आले र कास्की लेखनाथकै २० वर्षीया भावना गुरुङलाई सिद्धार्थ बनस्थली केन्द्रबाट पक्राउ गरिएको थियो ।
यो घटनालाई अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले यसको अनुसन्धान जारी राखेको छ ।
घटना २३ असारको भए पनि सो केशलाई सीआईबीले हेर्ने भएपछि परिषद्ले त्यहाँ पुगेर २४ असारमा केश दर्ता गरेको थियो । सीआईबीले यस्ता केशमा कम्तिमा २६ दिन लाग्ने त्यसबेला नै बताएको थियो । त्यसैले परिषद्का अधिकारीहरुले कहिले २६ दिन पुग्छ भनेर पर्खिरहेका छन् ।
उनीहरुले सीआईवीको प्रतिवेदन आएपछि आवश्यक निर्णय लिने बताएका छन् । ‘सीआईबीको प्रतिवेदनले के भन्छ, त्यसलाई हेरेर बोर्डले निर्णय गर्छ । नाम दर्ता परीक्षा पुन दिन पर्ने वा नपर्ने भन्ने विषय त्यसै दिन टुंगो लाग्छ,’ काउन्सिल रजिष्ट्रार शुक्ला खनालले भनिन् ।
कसरी पक्राउ परे परीक्षार्थी ?
गर्मी मौसम भएपनि सिद्धार्थ बनस्थली केन्द्रमा परीक्षा दिईरहेकी एक जना विद्यार्थी पोशाक अलि भिन्न थियो । पुरै शरीर ढाक्ने गरी लामबाउले कपडा लाएर आएकी थिईन् । परीक्षा सुरु भएको एक घण्टापछि उनी शौचालय गईन तर आउन निकै बेर गरिन् । उनी आइसकेको केही समयमा परीक्षाको निर्धारित समय सकियो । सबैले कापी बुझाए तर एक छिन एक छिन भनेर अटेरी गरिन् । गार्ड बसेका शिक्षकलाई शंका लाग्यो । उनले एक छिन ति परीक्षार्थीको गतिविधि निहाले उनको वाउलामो टाँक नलगाएकी उनले कपडा पाखुरातिर सुर्किने र छोप्ने र लेख्ने गर्न थालिन । शंका लागेपछि गार्ड नजिकै गएर हातको नाडी हेर्न खोजे । उनको दुबै हातको पाखुरा तथा खुट्टामा सबै प्रश्नको उत्तर लेखिएको भेटियो । त्यसपछि उनलाई नियन्त्रणमा लिएर केरकार गरियो ।
बनाना – २, फोन एक्स र श्रीया नाममा खोलिएको भाइवर ग्रुपमा प्रश्नपत्र पठाएको पाइयो । विहान ९ बजेबाट प्रश्नपत्र बाँढेर सुरु भएको थियो परीक्षा । तर ९ बजेर ८ मिनेटमा नै उनको मोवाइलबाट प्रश्नपत्र बाहिरिएको थियो । उनले मात्रै होइन अरु दुई जनाबाट पनि प्रश्नपत्र गएको देखियो । प्रश्नपत्र गएको मात्रै होइन हल गरेर आएको पनि देखियो । त्यसपछि प्रत्यक्ष सम्लग्न देखिएका उनीहरुलाई प्रहरीको जिम्मा लगाइएको हो ।
रजिष्ट्रार खनालले बागमती कलेज केन्द्रबाट पनि एक जनाले सो ग्रुपमा प्रश्नपत्र हालेको भेटिएको थियो । उता लिटिल एन्जल्स परीक्षाकेन्द्रमा सहभागी एक परीक्षार्थीले भाइवर ग्रुपमा उपलव्ध उत्तर पाइन्टमा लेखेर ल्याएको भएपनि कापीमा सार्न नभ्याएको बताइन् ।
उत्तर लेख्ने ४ जना र ग्रुपमा हेर्ने झण्डै ४००
परिषद्को आफ्नो प्राविधिकबाट गराएको जाँचमा ग्रुपमा सेयर भएको प्रश्नको उत्तर लेख्ने चार जना भएको खुलेको छ । उत्तर लेखेर उनीहरुले बनाना२, फोन एक्स र श्रीया नामको भाइबर ग्रुपमा हालेका थिए । सो उत्तर ४०० जतिले सिन गरेको देखिएको थियो । तर केश प्रहरीकोमा पुगेपछि तत्कालै ग्रुप छाड्ने बढे । र अहिले ती ग्रुपहरुमा कुनै विवरण देख्न सकिदैन ।
परीक्षा हलमा जाँदा मोवाइल लगेको नलगेको कुनै जाँच हुँदैनथ्यो
नर्सिङ लाइसेन्स परीक्षाको प्रवेश पत्रमा परीक्षामा लैजान नपाइने बस्तुहरुको सूचीमा मोवाइल थियो नै तर परीक्षा हलमा ती सामानहरु लगेको नलेको भनेर कुनै चेकजाँच हुदैनथ्यो । लान पाइदैन भन्ने थियो, त्यहाँ न पकेट झोला छामिन्थ्यो न त मेटल डिटेक्टर नै राखिथ्यो । शरीर खानतलासी गर्ने कुरा पनि हुँदैनथ्यो ।
त्यही सुविधाको दुरुपयोग परीक्षार्थीबाट भएको रजिष्ट्रार खनालको भनाई छ ।
‘अहिलेसम्म हामीले यो खानतलासी र चेकजाँच गरेनौँ, गर्नु पर्दैन भन्ने थियो तर यसपटक हामीलाई यसले पाठ सिकाएको छ । यसरी पनि बदमासी हुँदो रहेछ भन्ने । यसबारेमा पनि बोर्डले आवश्यक निर्णय लेला,’ उनले भनिन् ।
सम्पर्क इमेल : [email protected]