तवल बृद्धिको माग गर्दै बेलायतमा जुनियर डाक्टरहरु आन्दोलित, ४ दिने हड्तालको घोषणा
लण्डन । तलवबृद्धिको माग गर्दै बेलायतका जुनियर डाक्टरहरु पुन आन्दोलनमा उत्रिएका छन् । ब्रिटिस मेडिकल एसोसिएसनको आव्हानमा उनीहरुले आगामी ११ देखि १५ अगष्टसम्म चार दिन लामो काम बन्दको घोषणा गरेका छन् ।
एसोसिएसनले जुनियर डाक्टरको तलव बृद्धि माग गर्दै बुधबार आन्दोलनको घोषणा गरेको हो ।उसले आन्दोलन आगामी ११ अगष्ट विहान ७ बजे देखि १५ अगष्ट विहान ७ बजेसम्म स्वरुप जुनियर डाक्टरहरुको वाल्कआउट्स हुने बताएको छ ।
त्यसो त जुनियरको पक्षमा आन्दोलन भएको यो पहिलो पटक होइन । गत मार्च यता मात्रै पाँचौँ पटक यो आन्दोलन भएको हो ।
आगामी २ अगाष्ट देखि नयाँ जुनियरहरुको पोष्टिङ हुँदैछ । एसोसिएसनले नयाँ पोष्टिङ हुनु भन्दा नौ दिन अघि हडतालको आव्हान गरेको हो ।
एसोसिएसनले देशमा मुद्रास्फिति ३५ प्रतिशतले बढ्दा तलव जुनियर डाक्टरको तलव सो अनुरुप बृद्धि नभएको बताएको छ ।
सरकारले यस पटक जुनियर डाक्टर सहित सरकारी सेवाका अन्य कर्मचारीहरुको तलव ६ प्रतिशतले बढाएको थियो ।
तलब बृद्धिपछि जुनियर डाक्टरले आफ्नो पहिलो वर्षमा लगभग ३२ हजार ४०० पाउण्ड कमाउँछन् । उनीहरुको अन्तिम बर्षको तलव ६३ हजार पाउण्ड भन्दा बढी हुने बताइएको छ । विशेषज्ञ डाक्टर बन्न अध्ययनमा रहेका ती जुनियर डाक्टरले विशेषज्ञ बनेपछि भने बार्षिक १ लाख ३० हजार पाउण्ड कमाउँछन् ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जुनियर डाक्टरको तलवको विषयमा सरकारले थप निर्णय नगर्ने बताएका छन् ।
एसोसिएसनका सह अध्यक्षद्धय डा रोबर्ट लाउरेन्सन र डा विवेक त्रिभेदीले पाँचौँ चरणको हडतालको घोषणा गर्नु पर्ने स्थितिमा पुग्नु आफैमा दुखद भन्दै आफ्ना मागहरुलाई सरकारले अझै पनि गम्भीरतापूर्वक नलिएको बताए । उनीहरुले सरकारलाई जिम्मेवार रुपमा प्रस्तुत हुन, बार्ताको बातावरण बनाउन आग्रह गरे ।
‘विश्वसनीय प्रस्तावका साथ आए हामीलाई यो हड्ताल अघि बढाउन आवश्यक छैन,’ उनीहरुले भने ।
डाक्टरहरुले प्रधानमन्त्री सुनकले बार्ताको लागि कोठामा प्रवेश नगर्दै बार्ता सकियो भन्ने निर्णय गर्ने होइन भन्दै विवाद बार्ताको टेबुलमा मात्र टुंगिने बताए । उनीहरुले सरकार डाक्टरहरुबीच विभाजन ल्याउन उद्धत रहे पनि सफल नभएपछि निरास भएको बताए ।
उनीहरुले यसपटकको आन्दोलनमा सबैको एकेवद्धता रहेको समेत दावी गरे ।
यता बेलायतका स्वास्थ्य राज्यमन्त्री विल क्विन्सले भने एसोसिएसनको कदमलाई अत्यन्त निरासाजनक भन्दै यसले बिरामीको हेरचाहलाई हानी पुरयाउने बताए । उनले अन्य कर्मचारीहरुलाई पनि थप दवाव सिर्जना गर्ने उल्लेख गरे ।
सम्पर्क इमेल : [email protected]