चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीचको द्धन्द सतहमा:

चिकित्सा शिक्षा आयोगको सूचनालाई खण्डन गर्दै परिषद्ले जारी गर्‍यो अर्को सूचना

काठमाडौँ, १० साउन । प्राविधिक शिक्षा व्यवसायिक तालीम परिषद् (सीटीईभीटी)ले २०८०/०८१ को भर्ना प्रक्रियालाई निरन्तरता दिने जनाएको छ ।

सीटीईभीटीले नियम विपरित भर्ना प्रक्रिया अघि बढाएको भन्दै आयोगले ८ साउनमा आफ्नो वेवसाइट र ९ साउनको गोरखापत्रमा ठूलो सूचना प्रकाशित गरेको थियो । परिषद्ले त्यस सूचनालाई काउन्टर दिने गरी आज अर्को सूचना प्रकाशित गरेको छ ।

उसले सूचनामा भनेको छ, ‘सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयद्धारा प्रकाशित सूचना अनुसार नै शैक्षिक सत्र २०८० /०८१ को भर्ना प्रक्रियामा समावेश हुन सम्वन्धित अभिभावक, विद्यार्थी र सरोकारवाला सबैमा यसै सूचनाद्धारा जानकारी गराईन्छ ।’

आयोगको सूचनामा सीटीईभीटीले कानून विपरित कलेजका सम्वनधन, सिट निर्धारण र भर्ना प्रक्रिया अघि बढाएको भन्दै त्यहाँ पढ्ने विद्यार्थीले पछि स्वास्थ्य व्यवसायी परिषद्मा नाम दर्ता गर्ने बेलामा समेत समस्या पर्ने उल्लेख थियो ।

सीटीईभीटीले भने आफू परिषद् ऐन २०४५ द्धारा गठित स्वायत्त निकाय, अविछिन्न उत्तराधिकारवाला संस्था भएको भन्दै परिषद्को ऐन, नियम, विनियम बमोजिम प्रमाणपत्र तहसम्मका कार्यक्रम सञ्चालन गर्दै आइरहेको उल्लेख गरेको छ ।

उसले आयोगसंग पटक पटक भएका समन्वयात्मक बैठकहरुकै क्रममा शैक्षिक सत्र २०८०/ ८१ को भर्ना सम्वन्धी सूचना प्रकाशित भएको समेत बताएको छ ।

चिकित्सा शिक्षाका विभिन्न तहलाई स्तरीय बनाउन सरकारद्धारा गठित यी निकायबीचको द्धन्द सतहमा आइरहँदा आम अभिभावक र विद्यार्थीमा भने अन्योलता छाएको छ ।

हुन पनि प्रधानमन्त्री अध्यक्ष रहने आयोगमा सह अध्यक्ष शिक्षा मन्त्री रहने व्यवस्था छ । यस्तै परिषद्मा अध्यक्ष शिक्षा मन्त्री रहने व्यवस्था छ ।

सीटीईभीटी अन्तरगत प्रमाणपत्र तहका झण्डै ३०० कलेजहरु छन् । आयोगले भने गत शैक्षिक सत्र २०८०/८१ का लागि २६ वटा कलेजलाई मात्रै सम्वन्धन तथा सिट निर्धारण गरेको छ ।

यो पनि पढ्नुहोस्:

चिकित्सा शिक्षा प्रमाणपत्र तहको सिट तथा कलेज सम्बन्धनको विषयमा चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीचको द्धन्द सतहमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *