बिशिष्ट व्यक्तिको उपचारका लागि वीरमा थपियो भीआईपी र भीभीआईपी कक्ष

काठमाडौं, ९ साउन । वीर अस्पतालमा विशिष्ठ तथा अति विशिष्ट व्यक्तिहरुको उपचारकमा लागि भीआईपी तथा भीभीआईपी कक्षहरु थप भएको छ । अस्पतालमा आज देखि थप थप दुईवटा भीआईंपी र एउटा भीभीआईपी कक्ष थप भएको हो ।

यसअघि त्यहाँ एक एक वटा भीआईपी र भीभीआईपी कक्ष थियो । यद्धपी ती कक्षहरु लगभग खाली रहने गर्दथ्यो ।

यसअघिको कक्षहरु पुरानो भवन थियो । आजबाट सञ्चालनमा आएको भनिएको थपिएका कक्षहरु नयाँ सर्जिकल भवनमा छन् ।

स्वास्थ्य मन्त्री मोहन बस्नेतले विशिष्ट व्यक्तिहरुको उपचार स्वदेशमै गर्ने योजना अनुरुप वीरमा भीभीआईपी तथा भिआईपी कक्ष थपिएको बताए । उनले विशिष्ट व्यक्तिहरुको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेको भिआईपी र भिभिआईपी कक्षको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याइएको बताए ।

उनले विशिष्ट व्यक्तिको उपचार वीरमै गर्नका लागि सरकारी तथा निजी क्षेत्रका गरी १५ सदस्यीय विशेषज्ञ चिकित्सकको टीम बनाएको समेत जानकारी दिए । सो क्रममा उनले कोही पनि उपचारका लागि विदेश जानु नपर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *