काज फिर्ताको विषयमा स्वास्थ्यले स्थानीय तहलाई भन्यो – ‘सामान्यकै परिपत्र अनुसार गर्नु’

काठमाडौँ, ८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन भएका कर्मचारीको व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको परिपत्र अनुसार गर्न सबै स्थानीय तहलाई अनुरोध गरेको छ । स्वास्थ्यले आज सबै स्थानीय तहलाई पत्र लेख्दै यस्तो बताएको हो ।

स्वास्थ्यले लेखेको पत्रमा केही स्थानीय तहहरुले समायोजन ऐन २०७५ र कर्मचारी समायोजन मिलन सम्वनधी मापदण्ड २०७७ तथा स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलना सम्वन्धी व्यवस्था २०७७ बमोजिम समायोजन तथा समायोजन मिलन भई रहेका स्वास्थ्यकर्मीलाई फिर्ता नगर्न भनेको छ । यहि खालको परिपत्र सामान्यले २ साउनमा सबै स्थानीय तहलाई पठाइसकेको छ ।

मन्त्रालयले यसअघि कर्मचारी समायोजन पश्चात स्थानीय तहहरुको दोहोरो सहमतिका आधारमा काम काजमा खटाइएका कर्मचारीहरुमध्ये स्वीकृत दरबन्दी भन्दा बढी स्वास्थ्य कर्मचारीहरुलाई तत् तत् स्थानीय तहमा १ साउन देखि लागू हुने गरी काम फिर्ता गर्ने निर्णय कार्यान्व्यनको लागि पत्राचार गरेको थियो ।

हेर्नुहोस पत्र

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *