अनुहारका बिकृति सम्वन्धी उपचार गर्ने विशिष्टकृत अस्पतालको शिलान्यास
ओठ तथा तालु फाटेका व्यक्तिको उपचार अब केडीसी परिसरमा स्थापित एनआईसीएसले पनि निशुल्क गरिदिने
साउन ६ काठमाडौँ । अनुहारका विभिन्न विकृतीसम्बन्धी समस्याको उपचारका लागि मात्रै लक्षित विशिष्ठिक्त अस्पतालको स्थापना हुने भएको छ । अन्तराष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहायतामा नेपाली नागरिकलाई बिना शुल्क उपचार गर्न ललितपुरको नख्खुमा एक द्वार उपचार केन्द्र स्थापना हुने भएके हो ।
नेशनल इन्स्टिटियुट अफ क्रेनियोफेसियल सर्जरी (एनआईसीएस द फेस हस्पिटल) नाम दिइएको यो उपचार केन्द्र डेढ वर्ष भित्र निर्माण सम्पन्न भई सेवा दिने योजनाका साथ शनिबार एक समारोहका बीच सिलन्यास भएको छ । साथै, सोही परियोजनाको सञ्चालन बसुन्धारा स्थित केडीसी जनरल हस्पिटलमा समेत हुने भएको छ ।
विश्वविख्यात क्रेनियोफेसियल प्राडा हर्मन सेलरद्वारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहायतामा यस अस्पताल मार्फत खुँडोपना तथा अनुहारका विभिन्न विकृतीसम्बन्धी समस्या भएका व्यक्तिहरुले पूर्णत निशुल्क सेवा पाउने बताइएको छ ।
आम नेपालीलाई निशुल्क उपचार प्रदान गर्ने उदेश्यलाई पूरा गर्न विश्वविख्यात क्रेनियोफेसियल प्राडा हर्मन सेलरद्वारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको वैदेशिक अशको रुपमा नेपालमा पनि पहिलो पटक नेशनल इन्स्टिटियुट अफ क्रेनियोफेसियल सर्जरी (एनआईसीएस द फेस हस्पिटल) आजै स्थापना भएको हो ।
क्रेनियोफेसियल सर्जन डा. सुमित सिंहको पहलमा नेपालमा स्थापना भएको नेशनल इन्स्टिट्युट अफ क्रेनियोफेसियल सर्जरी गरिब तथा समस्यामा रहेका सर्वसाधारण व्यक्तिहरुलाई निशूल्क सेवा दिने उद्देश्यसहित भारत तथा अफ्रिकामा पनि संचालनमा रहेका छन् ।
डा सिंहका अनुसार भारतमा गरिएको अनुसन्धानबाट हरेक आठ सयमा एक जनामा खुँडोपना तथा अनुहारका विभिन्न बिकृतीसम्बन्धी समस्या रहेको पाइएको छ । सो अनुपातमा नेपालमा पनि त्यस्ता किसिमका समस्या हुन सक्ने उनले बताए । त्यसैको उपचारका लागि आफूले नयाँ परियोजना स्वरुप सुविधासम्पन्न अस्पतालको स्थापनाको काम थालेको जानकारी दिए ।
डा सिंहले आज नख्खुमा सिलान्ताय भएको अस्पताल करिब डेढ वर्षभित्र सञ्चालनमा आउने र र बसुन्धारा स्थित केडीसी जनरल अस्पतालको सहकार्यमा भने केही दिन भित्रैबाट सेवा दिने बताए । पत्रकार सम्मेलनमा उनले सुरुवाती चरणमा प्रति वर्ष करिब ५०० जनालाई निशुल्क शल्यक्रिया तथा उपचार सेवा दिने र भविष्यमा बार्षिकरुपमा १५ सय जनासम्मलाई निशूल्क सेवा दिने लक्ष्य लिएको जानकारी दिए ।
नेशनल इन्स्टिटियुट अफ क्रेनियोफेसियल सर्जरीका विभिन्न विभागमध्ये हर्मर सेलर सेन्टर फर क्लेफ्ट एण्ड क्रेनियोफेसियल एनामोलिज अन्तर्गतका सेवाहरु निशूल्क उपलब्ध गराउने यस अस्पतालले एकै छतमुनी नेशनल सेन्टर फर टिएमजे डिस्अर्डर, फेसियल प्लाष्टिक एण्ड एस्थेटिक्स, नेशनल सेन्टर फर क्रेनियो मेक्सिलो फेसियल ट्रमा, नेशनल सेन्टर फर इम्प्लान्टोलोजी लगायतका विभागअन्तर्गत अन्य विभिन्न सेवा तथा उपचारहरु भने सशुल्क उपलव्ध हुनेछ ।
“नेपालमै पहिलो पटक खुँडोपना तथा अनुहारका विभिन्न बिकृतीसम्बन्धी समस्याको उपचारका लागि उच्चरुपले विशिष्ठिकृत सेवा(संस्थाको स्थापना गर्ने मेरो लामो समयदेखिको सपना साकार हुन गइरहेको छ,” शनिबार केडीसीमा आयोजित पत्रकार सम्मेलनमा डा. सिंहले भने , “त्यसमा पनि यस जटिल तथा महंगो उपचार पद्धतीलाई क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलजस्तो विश्वस्तरमा योगदान गरिरहेको संस्थाको आर्थिक सहायतामा निशुल्क उपचार सेवा केडीसी अस्पतालमा बसुन्धारा र नख्खुमा दिन पाउँदा म अझै हर्षित छु ।”
डा. सिंहले अस्पतालमार्फत हाल आर्थिक समस्या एवं सुलभ उपलब्धताको अभावमा उपचार हासिल गर्न नसकि समाजमा तिरष्कृत एवं हेपाहा व्यवहारको सामना गर्न बाध्य असंख्य नेपालीहरुले फेरी सम्मानजनक जिवन जिउन सक्ने विश्वास व्यक्त गरे ।
उनले यो सेवा अन्तरगर्त सेन्टरमा खुडोपना तथा अनुहारमा लाग्ने चोटपटकलाई उपचार गर्न लाग्ने सम्पूर्ण उपचार निशुल्क हुने बताए । ‘उपचार त निशुल्क नै छ । उपचारका लागि बिरामीसंग आउने सहयोगीको खाना तथा आउँदा जाँदाको गाडिभाडा समेत यो संस्थाले वेहोर्छ,’ उनले भने ।
डा सिंहले यो परियोजना नेपालमा ल्याउनका लागि आफूले विगत १३ वर्ष देखि प्रयास गरिरहेको बताए ।
उनले कान्तिपुरमा यसै साता देखि यो सेवा प्रारम्भ हुने समेत जानकारी दिए ।
कार्यक्रममा क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलका संस्थापक तथा प्रमुख प्राडा हर्मन सेलर भर्च्युअल माध्यमबाट जोडिएका थिए । उनले आफ्नो संस्थाले नेपालमा सेवा विस्तार गर्न पाएको भन्दै खुशी व्यक्त गरे साथै नेपालमा दिईने सेवाको बारेमा मिडियाले वाचडकको रुपमा काम गर्न समेत सुझाव दिए ।
केडीसी जनरल अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले नयाँ परियोजनामा सहकार्य गर्न पाउँदा खुशी लागेको भन्दै गरीव तथा विपन्न र उपचार विहीनका लागि यो परियोजना निकै नै प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले केडीसी डेन्टलले देशका ६५ भन्दा बढी जिल्लामा शिविरको माध्यमबाट मुख तथा दन्त क्षेत्रमा सेवा दिदै आएको भन्दै अब खुडोपना तथा अनुहारमा देखिने विकृत्तिको उपचार पनि आफ्नो अस्पतालबाट हुने बताए ।
कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाले नेपालीको स्वास्थ्य उपचारमा सहयोग पुराउन ल्याइएको यो परियोनजालाई साच्चिकै राम्रो भन्दै यसको फाइदा लिन आम अभिभावकको ध्यानाकर्षण गराए ।
कार्यक्रममा भारतबाट आएका विशेषज्ञ चिकित्सकहरुले समेत बोलेका थिए ।
सम्पर्क इमेल : [email protected]