तत्काल नबढ्ने भयो नर्सिङ, एचए र फार्मेसी सहायकको शिक्षण शुल्क

काठमाडौँ, ४ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषय अध्ययनका लागि बढाएको भनिएको शुल्क स्थगित गरेको छ ।

परिषद्ले आज सूचना जारी गर्दै सरोकारवालाहरुसंगको छलफलपछि मात्र शुल्क समायोजन गर्ने गरी हाललाई शुल्क समायोजन सम्वन्धी यस अघि गरेको निर्णय स्थगित गरेको बताएको छ ।

परिषद्को स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले गत २९ असारमा तीनवटा विषयको शुल्क समायोजन भएको भन्दै सूचना प्रकाशित गरेको थियो । सो सूचना अनुसार
प्रमाणपत्र तह नर्सिङको तीन वर्षे अध्ययन् पुरा गर्न ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क लाग्ने भएको थियो । शुल्क नबढ्ला नर्सिङ अध्ययनका लागि ४ लाख ७५ हजार रुपैयाँ तिरे पुग्थ्यो ।

त्यस्तै एचए पढ्न ५ लाख २३ हजार ८ सय २० रुपैयाँ शुल्क तोकिएको थियो । यसअघि ४ लाख ४ हजार शुल्क थियो । यस्तै फार्मेसी असिस्टेन्टको नयाँ शुल्क ४ लाख २३ हजार ६ सय ६० तोकिएको थियो । यसअघि ३ लाख ३७ हजार शुल्क थियो ।

त्यसबेला निजी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थामा २०७१र२०७२ पछि शुल्क समायोजन गरिएको सीटीईभीटीले जनाएको थियो । शुल्क बढाउने निर्णय सार्वजनिक भएपछि डा गोविन्द केसीले समेत निर्णय फिर्ता लिन भनेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *