सिनामंगलमा खुल्यो ‘स्लाभिका आईभीएफ सेन्टर’
काठमाडौँ, ३ साउन । स्त्री तथा पुरुषमा हुने बाँझोपन सम्वन्धी सम्पूर्ण उपचार गर्ने मुख्य उदेश्यका साथ काठमाडौँको सिनामंगलमा स्लाभिका आईभीएफ सेन्टर सञ्चालनमा आएको छ । यो उपचारसंग जोडिएका विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरुको समूह मिलेर बुधबारबाट यो सेन्टर सञ्चालनमा ल्याएको हो ।
सेन्टरमा मेडिकल छाला, प्रसूति तथा स्त्री रोग, हेमाटोलोजी, इन्डोक्राइन तथा सर्जिकल ओपीडी लगायतका सेवाहरु उपलव्ध छन् । यस्तै स्त्री तथा पुरुषमा हुने बाँझोपन सम्बन्धि सम्पूर्ण उपचार, आईयुआई, आईभीएफ, आईसीएसआई, एगसिमेनरएम्ब्रीयो फ्रिजिङरटिईएसएरटिईएसई सेवा पनि सञ्चालनमा छ ।
यसैगरी वंशाणुगत रोग सम्बन्धि सेवा, प्रि—इम्प्लान्टेसन जेनेटिक स्क्रीनिङ, भिडियो एक्स—रे, रगत सम्बन्धि सम्पूर्ण टेष्टहरुको सुविधा केन्द्रमा छ ।
सेन्टरका अध्यक्ष एवं इम्ब्रियोलोजिष्ट डा अजयजंग कुवँरले नेपालमा आफ्नै प्रि इम्प्लान्टेसन जेनेटिक स्क्रिनिङ सर्भिस उपलव्ध भएको पहिलो आईभीएफ सेन्टर दावि गरे । उनले इम्ब्रियो बायोप्सीको सुविधा आफ्नै सेन्टरमा भएको बताए ।
अहिलेसम्म सञ्चालनमा आएका सेन्टरमा बायोप्सीको लागि विदेशबाट प्राविधिक आउनु पर्ने बताइएको छ । उनीहरुको आईजाई र बस्ने खाने लगायतका खर्च बिरामी पक्षले तिर्नु पर्ने भएकोले एकदमै महंगो पर्ने विज्ञहरु बताउँछन् । तर स्लाभिकामा उपचार गर्न जाँदा ती खर्चहरु कटौँती हुने र बिरामीलाई त्यसको प्रत्यक्ष सहुलियत पुग्ने सञ्चालकहरु बताउँछन् ।
डा कुवँरले आजबाट सञ्चालनमा आएको स्लाभिकाले सामाजिक उत्तरदायित्व अनुरुप वर्षमा विपन्न तथा पिछडिएका तीन जनालाई निःशुल्क आईभीएफ सेवा उपलब्ध गराउने बताए । उनले सेवा सञ्चालनको अवसर पारेर साउन महिना भरी प्रसुति तथा बाँझोपन सम्बन्धि सबै परामर्शहरु निःशुल्क गरेको छ जानकारी दिए । यस्तै रगत सम्बन्धि जाँचहरुमा ३० प्रतिशत छुट प्रदान हुने बताए ।
सेन्टरमा स्त्री तथा प्रसुति रोग तथा निःसन्तान रोग विशेषज्ञ डा. निकिता ढकाल, इम्ब्रीयोलोजिष्ट डा. सम्झना फुँयाल र आनुशंसिक रोग विशेषज्ञ डा. निलम ठाकुर लगायतको टोलीले सेवा दिनेछ ।
सम्पर्क इमेल : [email protected]