स्वास्थ्य मन्त्रालयको लापरवाहीपूर्ण समायोजन र स्थानीय तहको गैरजिम्मेवारपूर्ण व्यवहारमा स्वास्थ्यकर्मी परे : नेपाल स्वास्थ्यकर्मी संघ
'स्वास्थ्यकर्मीहरुको समायोजना सम्वन्धी समस्या तात्कालिक र दीर्घकालिन रुपमा यसरी समाधान गर्न सकिन्छ'
काठमाडौँ, ३१ असार । संघीय स्वास्थ्य मन्त्रालयको पत्र अनुसार भन्दै स्थानीय तहहरुले समायोजन भएर गएका स्वास्थ्यकर्मीहरुलाई धमाधम फर्काउन थालेपछि नेपाल स्वास्थ्यकर्मी संघले त्यसो नगर्न आग्रह गरेको छ ।
संघीय स्वास्थ्य मन्त्रालयबाट भएको लापरवाहीपूर्ण समायोजनबाट पिडीत स्वास्थ्यकर्मीहरु स्थानीय तहको गैर जिम्मेवारपूर्ण व्यवहारले थप दुखित भएको बताएको छ ।
संघका अध्यक्ष रामजी घिमिरेले आज जारी गरेको विज्ञप्तीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगतमा भएको तथाकथित समायोजनको असर स्वास्थ्य सेवामा देखा परिरहेको भन्दै तत्काल सुधार नगरे दीर्घकालिन समस्या ल्याउने उल्लेख छ ।
समायोजन र समायोजन मिलान मुल समायोजनको अंग भएको, जुन स्थानीय तह वा प्रदेशमा समायोजन भयो सोही स्थानीय तह वा प्रदेशमा ती कर्मचारी स्वास्थ्यकर्मीहरुको दरबन्दी हुने व्यवस्था रहेको संघको ठहर रहेको उल्लेख छ ।
उसले महामारी र प्राकृतिक विपत्तिको असहज अवस्थामा समायोजन भएका स्वास्थ्स्यकर्मीहरुलाई रमाना दिएर पठाउँदा स्वास्थ्यकर्मीहरुको विचल्ली हुने मात्रै नभई जनताले पाउने स्वास्थ्य सेवामा समेत गम्भीर असर पर्ने ठोकुवा गरेको छ ।
यस्तै स्थानीय तहरुलाई समायोजन भएर गएकाहरुलाई रमाना दिएर नर्फकाउन, समायोजन भएर गएका स्वास्थ्यकर्मीहरुलाई तत् तत् तहका स्वास्थ्य संस्थामा काममा लगाउन,दरबन्दी भन्दा बढी भएता पनि समायोजना भउका स्वास्थ्यकर्मीहरुको अभिलेख राखी संघीय सरकारसंग प्रक्रिया पुरा गरेर तलव भत्ता माग गर्न, करार, अस्थायी ज्यालादारी तथा आउटसोर्सका कर्मचारीलाई स्थानीय तहको स्रोतबाट तलव भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाई बर्तमान समस्याको समाधान निकाल्न समेत सरोकारवालासंग माग गरेको छ ।
उसले दीर्घकालिन रुपमा समस्या समाधान गर्न स्वास्थ्यका जनशक्ति संघ अन्तरगर्त राखेर परिचालन गर्नुपर्नेमा जोड दिएको छ ।
यस्तो छ विज्ञप्ती
सम्पर्क इमेल : [email protected]