राष्ट्रिय चिकित्सक संघका महासचिव डा पुष्पमणि खरालले दिए राजिनामा, रास्वपा प्रवेश गर्दै
काठमाडौँ, ३१ असार । नेकपा एमाले निकट राष्ट्रिय चिकित्सक संघका महासचिव डा पुष्पमणि खरालले पदबाट राजिनामा दिएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा राजिनामा पत्र पोष्ट गर्दै संगठन र पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।
‘नेकपा एमाले अन्तरगर्तको राष्ट्रिय चिकित्सक संघको महासचिव भएर पनि काम गरें । पार्टीका अन्य अंगहरुमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सकेजति योगदान पनि गरें । बर्षौ पछि आज फर्केर हेर्दा मैले यथास्थितिको अवस्थाबाट देश र जनतालाई सकारात्मक योगदान दिन नसक्ने निचोड निकालेँ । मैले अब उप्रान्त राजनीतिको नयाँ अध्याय कोर्ने फैसला गरेको छु’ राजिनामा पत्रमा भनेका छन् ।
डा. खरालले राजिनामा पत्रमा कुन पार्टीमा जाने भन्ने खुलाएका छैनन् ।
तर, उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने निश्चित भइसकेको छ ।
उनले अनौपचारिक कुराकानीमा रास्वपामा जाने निश्चित गरेको बताए । उनले आफूसंगै ठूलो संख्यामा चिकित्सकहरु रास्वपा प्रवेश गर्न लागेको समेत दावी गरे ।
सम्पर्क इमेल : [email protected]