आत्महत्या गर्छु भनेर ‘धम्काउने’ विशेषज्ञ चिकित्सक थिए : स्वास्थ्य मन्त्रालय

'स्वास्थ्य कर्मचारीको मनोवल उच्च राख्ने सन्दर्भमा सो भाषा प्रयोग भएको हो'

काठमाडौँ, २८ असार । स्वास्थ्य मन्त्री मोहनबहादुृर बस्नेतले आत्महत्या सम्वन्धी विवादित अभिव्यक्ति दिएको चार दिन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

मन्त्रालयका सूचना अधिकारी डा पवनकुमार साहले हस्ताक्षर गरेको विज्ञप्तीमा प्रशासनिक सुधारका क्रियाकलाप अघि बढाउँदा आत्महत्या सम्वन्धी सम्वेदनशील विषयलाई भ्रमपूर्ण र तोडमोड गरी समाचार सम्प्रेषण भएको आरोप लगाइएको छ । भनिएको छ, ‘एक जना विशेषज्ञ चिकित्सकले खटाएको ठाउँमा नगई राष्ट्रिय ट्रमा सेन्टर नै रोजेपछि यो अवस्था आएको हो ।’

‘संघ अन्तरगर्तको पुल दरबन्दीमा रहेका एक जना विशेषज्ञ चिकित्सकलाई खटाइएको ठाउँमा काम गर्न सम्झाई बुझाई गर्दा पनि निजले ट्रमा सेन्टरमा काम गर्न नपाए आत्महत्या गर्छु भनि पटक पटक धम्कीको भाषा प्रयोग गरेको अवस्थामा निज तोकिएकै स्थानमा जाउन भनेर स्वास्थ्यकर्मीको मनोवल उच्च राख्ने सन्दर्भमा सो भाषा प्रयोग भएको तर हाल सो तत्थ्य तोडमोड गरी अर्कै भाष्य सिर्जना गर्ने प्रयास गरी पत्रपत्रिका तथा सामाजिक सञ्जालमा भ्रम सिर्जना गरेको पाइएको छ,’ भनिएको छ ।

तर विज्ञप्तीमा स्वास्थ्यकर्मीको मनोवल उच्च राख्ने सन्दर्भमा सो भाषा प्रयोग गरिएको भनिएको छ ।  यहि भाषाले पनि सञ्चारमाध्यमले आत्महत्याको विषयलाई तोडमोड गरेको भन्ने उनको आरोप सही नभएको पुष्टि गरेको छ ।

‘मन्त्रालयले आत्महत्याको धम्की दिने चिकित्सकले काम गर्न खोजेको ट्रमा सेन्टरमा उही विज्ञता भएको ४० भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत र हाल पनि दरबन्दी बढी विशेषज्ञ रहेको र अन्य अस्पतालमा भने सो दरबन्दी नभएको, भनिएको छ । काठमाडौँमा मात्रै बस्न खोज्ने प्रबृतिलाई रोक्न यस्तो प्रयास गरिएको भनिएको छ । साथै सो प्रयासपछि आत्महत्या गर्छु भन्ने चिकित्सक पत्र बुझी उपत्यका बाहिरको संघीय अस्पतालमा हाजिर भई काम गरिरहेको भनिएको छ ।

दरबन्दी भएको स्थानमा कर्मचारी नजाने, दुर्गमका गरीब विपन्न र निमुखा जनताले विशेषज्ञ सेवा नपाउने तर सुगममा दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी चिकित्सक थुप्रिने गर्दा कामकाज र उनको सट्टामा स्वास्थ्यकर्मी भर्ति गर्नु परेको र त्यसले ९५ करोड बढी आर्थिक भार थपिएको समेत उल्लेख गरेको छ ।

‘मन्त्रालयको वर्षौ देखिको विकृतिलाई समाधान गर्न असल मनसायका साथ गरीको प्रयासमा यस्ता किसिमका धम्कीपूर्ण भाषाको प्रयोग , खटाएको ठाउँमा नजाने, जस्ता गतिविधिले गर्दा अनवरत रुपमा खटिएका सवास्थ्यकर्मीको भावनामाथि गम्भीर असर पुगेको छ,’भनिएको छ ।

मन्त्रालयको विज्ञप्ती अनुसार  ‘आत्महत्या गर्छु’ भन्ने विषयलाई ‘धम्कीको भाषा मात्र हो’ बुझेको देखिएको छ ।  तर विश्व स्वास्थ्य संगठन र स्वयं स्वास्थ्य मन्त्रालयले यस्तो शव्दलाई गम्भीर मानसिक अवस्था हुन सक्ने भन्दै होसियारीपूर्वक काउन्सिलिङ गर्नु पर्ने भन्दै आएको छ ।

स्वास्थ्य मन्त्री बस्नेतको विवादास्पद अभिव्यक्ति, ‘आत्महत्या गर्छु भन्नेलाई डोरी दिएर झुण्डिन पठाउनुस्’

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *