बङ्गलादेशमा डेंगु संक्रमणबाट एकैदिन ७ जनाको मृत्यु
काठमाडौँ, २७ असार । बङ्गलादेशमा डेंगु संक्रणबाट एकैदिन ७ जनाको मृत्यु भएको छ । मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो ।
मङ्गलबार सबैभन्दा बढी १ हजार ५४ जना डेंगुका नयाँ बिरामी भेटिएका र थप ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधबार जनाएको छ ।
यो सङ्ख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै हो । हाल डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार आठ सय ९७ पुगेको तथा ८३ जनाले ज्यान गुमाएका महानिर्देशनालयले बताएको छ । यो वर्ष डेंगु सङ्क्रमितमध्ये ११ हजार ५११ जनाले स्वास्थ्य लाभ गरेका छन् ।
यो महिनामा मात्रै थप ६ हजार ९१९ जना डेंगुका नयाँ सङ्क्रमित फेला परेका तथा ३६ जनाको मृत्यु भएको बताउँदै महानिर्देशनालयले लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।
सम्पर्क इमेल : [email protected]