कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. धामी नियुक्त
काठमाडौँ, १७ असार । सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. डबल धामीलाई नियुक्त गरेको छ । प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आइतबार (आज) डा . धामीलाई रेक्टर पदमा नियुक्त गरेका हुन्।
त्यसो त प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले रिक्त रेक्टर पदका लागि पदमा नियुक्तीका लागि भन्दै आजै डा. धामीसहित डा. भुमिराज क्षेत्री र डा. कुशल भट्टराईको नाम सिफारिस गरेका थिए। उनले सिफारिस गरेको केही मिनेटमै मन्त्री बस्नेतले डा धामीलाई नियुक्ती दिएका हुन् ।
यसअघि प्रष्तिष्ठानको रेक्टर डा निरेश थापा थिए । थापाले दुई महिना अघि मात्रै पदबाट राजिनामा दिएका थिए । उनको राजिनामा पछि उपकुलपति डा रावलले डा राजिव शाह, डा माया राई र डा अनुस्मृती पालको नाम सिफारिस गरेका थिए। तर, बस्नेतले ती नाम बाहेकको अन्य नाम सिफारिस गर्न दवाव दिएका थिए ।
आज नियुक्ती पाएका डा धामी प्रतिष्ठानको फर्माकोलोजि विभागको एसोसिएट प्राध्यापक हुन्
सम्पर्क इमेल : [email protected]