बुधबारदेखि दक्षिण कोरियाली नागरिकको उमेर एक वर्ष घट्यो

काठमाडौँ, १३ असार । दक्षिण कोरियाका नागरिकको उमेर बुधबारदेखि कम्तीमा एक वर्ष घटेको छ । बुधबारदेखि लागु भएको उमेर गणनाको नयाँ कानुनअनुसार कोरियाली नागरिकको उमेर एक वर्ष  घटेको हो।

कोरियामा धेरैले परम्परागत चलनअनुसार उमेर गणना गर्थे। कुनै मान्छेको उमेर गर्भदेखि नै गणना हुन्थ्यो। जुनसुकै महिनामा जन्मिएका मान्छेको पनि हरेक वर्ष जनवरी १ देखि एक वर्ष उमेर बढाउने गरिन्थ्यो।

उमेर गणनाको यो परम्परागत शैली अन्तर्राष्ट्रिय स्तरको नभएको भन्दै सरकारले उमेर गणनाको नयाँ कानुन ल्याएको हो।

अन्तर्राष्ट्रिय मापदण्डको नयाँ कानुनअनुसार उमेर गणना गर्दा अब हरेक कोरियाली नागरिकहरू यसअघिको भन्दा १ देखि २ वर्ष कम उमेरका हुने भएका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *