राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, १३ असार । राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनी मुटुको धड्कनमा समस्या देखिएपछि यही असार २ गते त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

गत ५ असारमा राष्ट्रपति पौडेलको मुटुको सल्यक्रिया गरी स्थायी पेस मेकर राखिएको थियो ।  उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएका कारण राष्ट्रपति पौडेललाई आज दिउसो डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *