सर्जरी गर्नु पर्ने ९ दिनको शिशु अस्पतालमै छाडेर नेपाली दम्पत्ती बेपत्ता भएपछि…

लखनउ ।  नेपाली दम्पत्तीले भारतको उत्तरप्रदेशको लखनउस्थित एक अस्पतालमा वेवारिसे अवस्थामा छाडेर हिडेको नवजात शिशुको शल्यक्रियाको २० दिन पछि मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार गत महिना नेपालमै जन्मिएको शिशुको पेट र स्वास नलि जोडिएको थियो । ती शिशुलाई उनका आमा बुबाले उपचारका लागि भन्दै लखनउ लगेका थिए । तर सुरुमै उनीहरु निजी अस्पतालको फन्दामा परे । आजतक लेख्छ, ‘निजी अस्पतालले राम्रैसंग पैसा असुले पछि गम्भीर अवस्थामा नै केजीएमसी ट्रमा सेन्टर रिफर गरिएको थियो ।’

ट्रमा सेन्टर पु¥याउँदा शिशु नौ दिनको थियो । चिकित्सकहरुले शिशुको परीक्षण पछि अप्रेशन गर्नुपर्ने सल्लाह दिएका थिए । त्यसपछि परिवारका सदस्यहरुले निजी अस्पतालमा उपचार गर्दा पैसा सकिएको र पैसा जोहो गर्न भन्दै अस्पतालबाट निस्किएका थिए । शिशुलाई अस्पतालको बेडमा राखेर बाहिरिएका उनीहरु एक घण्टा, दुई घण्टा हुँदै २४ घण्टा, ४८ घण्टा सम्म पनि फर्केर आएनन् ।

जन्मेको ९ दिन भएको शिशुको अभिभावक नै गायव भएपछि अस्पताल प्रशासन समेत आत्तियो । उसले शिशुको आमा बुबा तथा परिवारका सदस्यहरुलाई खोजी गरि नै रहयो । तर उनीहरु सम्पर्कमै आएनन् ।

परिवार तथा आमा बुबा सम्पर्कमा नआएपछि ट्रमा सेन्टरले दुई दिनपछि निशुल्क सर्जरी गरिदियो । त्यसको २० दिन पछि आइतबार शिशुको मृत्यु भएको छ ।
वेवारिसे नेपाली शिशुको मृत्यु भएपछि अस्पतालले प्रहरीलाई खबर गरी पोष्टमार्टमको लागि पठाएको छ ।

केजीएमसी ट्रमा सेन्टरका इन्चार्ज सन्दीप तिवारीले शिशुको परिवारलाई लगातार सम्पर्कको प्रयास गरिरहे पनि सफल हुन नसकेको बताए । उनले शिशुको निशुल्क उपचार गरे पनि बचाउन नसकेकोमा दुख व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *