डा. सन्दुक रुइतले प्राप्त गरेको १० लाख डलरको अन्तराष्ट्रिय पुरस्कारमा कर छुट दिने सरकारको निर्णय

काठमाडौँ, ५ असार ।  बरिष्ठ आँखा विज्ञ डा सन्दुक रुइतले प्राप्त गरेको अन्तराष्ट्रिय अवार्डमा नेपाल सरकारले कर नलिने भएको छ ।

गत माघ महिनामा बहराइनको इशा अवार्ड ट्रष्टले डा रुइतलाई ‘ईशा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ अवार्ड प्रदान गरेको थियो । सो अवार्ड गोल्ड मेडल सहित १० लाख डलर (१३ करोड नेपाली रुपैयाँ बढीको) राशी सहितको थियो ।

सोमबार गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आर्थिक ऐन २०७९ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी गत ११ फागुनमा डा रुइतले अवार्डका साथ प्राप्त गर्ने १० लाख डलरमा कर छुट दिने निर्णय भएको उल्लेख छ ।

सामान्य त आर्थिक ऐनले पुरस्कारहरुमा २५ प्रतिशत सम्म कर तिर्नु पर्ने व्यवस्था छ ।

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड मानवताको क्षेत्रमा उत्कृष्ठ काम गर्ने व्यक्तिहरुलाई प्रदान हुँदै आएको छ । सोही अवार्ड पछिल्लो पटक डा रुइतलाई प्रदान गर्ने निर्णय भएको थियो ।

‘अन्धोपन निवारका लागि डा. सन्दुक रुइतले गर्नु भएको मानविय कल्याणका लागि उहाँलाई ईसा अवार्डका लागि छनोट गरिएको हो’ अवार्डका लागि डा रुइतलाई छनौट गर्दा भनिएको थियो ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *