सार्क राष्ट्रका स्वास्थ्य मन्त्री परिचय :

पब्लिक हेल्थमा मास्टर्स गरेकी भुटानी स्वास्थ्य मन्त्री डा. डेक्चेन वाङ्मो

स्वास्थ्य मन्त्री डा. डेक्चेन वाङ्मो

काठमाडौँ, ४ असार । एघार सदस्यीय भुटानको मन्त्रिपरिषदमा एक जना मात्रै महिला मन्त्री हुन् डा. डेक्चेन वाङ्मो । सन् २०१८ को नोभेम्बर ७ देखि उनले औपचारिक रुपमा स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेकी छन् ।

सन् २०१८ मा राजनीतिमा आउनु अघि उनी स्वास्थ्य सम्वन्धी विषयमै काम गर्दै आएकी थिईन् । उनी अन्तराष्ट्रिय स्तरमा विज्ञ सल्लाहकारको भूमिकामा रहेर थुप्रै काम गरिन । त्यसबेला उनले अमेरिका, भारत, नेपाल, बंगलादेश, पपुवा न्युगिनी, म्यानमार, श्रीलंका, थाइल्याण्ड र सेनेगल लगायतका देशमा गएर काम गरेकी थिईन् ।

सोही अनुभवको आधारमा उनी अहिले स्वास्थ्य प्रणाली बलियो बनाउने, स्वास्थ्य प्रशासन, अनुदान कार्यान्वयन, निगरानी तथा मूल्यांकन प्रणाली सुदृड गराउने कार्यमा क्रियाशिल रहेकी छन् ।

डा. वाङ्मोलाई स्वास्थ्य मन्त्री भइसकेपछि १७ डिसेम्बर २०२० मा उनलाई भुटानी राजाले राष्ट्रको लागि उत्कृष्ठ कार्य गरेको भन्दै भुटानकै सर्बोच्च सम्मान रेड स्कार्फद्धारा सम्मान गरेका थिए ।

त्यसो त स्वास्थ्य मन्त्री हुनु अघि देखि नै डा. वाङ्मो जनस्वास्थ्यमा पैरवी गर्ने मन देखि नै सामाजिक सेवामा तल्लीन रहने व्यक्तिको रुपमा परिचित थिईन् ।

डा. वाङ्मोलाई सन् २०२० मा भएको ७४ औँ विश्व स्वास्थ्य महासभामा विश्व स्वास्थ्य संगठन दक्षिण पूर्व एशिया क्षेत्रको सदस्य राष्ट्रको तर्फबाट अध्यक्षमा मनोनित गरिएको थियो । त्यसपछिको एक वर्षसम्म उनले सो पद सम्हालेकी थिईन् ।

त्यसो त मन्त्री डा. वाङ्मो भुटान क्यान्सर सोसाइटीका सस्थापक हुन् । जसले भुटानमा रहेका क्यान्सरका बिरामीका लागि काम गर्दै आएको छ । यस्तै एचआईभी संक्रमितको क्षेत्रमा काम गर्ने संस्था लक्सामको पनि संस्थापक हुन् ।

मन्त्री डा. वाङ्मोले याले स्कुल अफ पब्लिक हेल्थ न्यु ह्यावन अमेरिकाबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरेकी छन् । स्नातक भने कार्डियोपल्मोनरी साइन्स विषयमा उनले नर्थइस्टर्न युनिभर्सिटी बोस्टन अमेरिकाबाट गरेकी हुन् ।

उनको जन्म सन् १९७६ मा भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *