अत्यावश्यक औषधि उपलब्ध गराउन समस्या परेको छ ? विभागलाई ईमेल गर्नुहोस्

काठमाडौँ, ४ असार । कानून त औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरु विक्री बितरण गर्न पाईदैन् । बिक्री वितरण मात्रै होईन, विदेशबाट आयात गर्न पनि पाईदैन् । तर, सञ्चार माध्यममा कहिलेकाँही जीवन रक्षक अत्यावश्यक औषधि उपलव्ध नभएको खबर छापिने गरेका छन् ।

औषधि व्यवस्था विभागले यस्तो समस्यालाई समाधान गर्न औषधि उत्पादक, औषधि आयातकर्ता, सबै खालका अस्पताल तथा संघसंस्थासंग यस विषयमा सहकार्य गरी अघि बढ्ने योजना अघि सारेको छ ।

विभागका महानिर्देशक नारायण ढकालले सार्वजनिक सूचना जारी गर्दै बिरामीको उपचारका लागि अति आवश्यक पर्ने औषधिहरु यदि नेपालमा उपलव्ध छैनन् भने त्यसबारेमा विभागलाई इमेल मार्फत जानकारी गराउन अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘के कस्ता प्रकारका औषधिहरु कुन कुन रोगको उपचारमा अभाव भएको छ , सो को जानकारी गराउन हुन्, साथै त्यस्ता औषधिहरुको व्यवस्थापनको लागि सम्भावित अभावको पूर्व जानकारी समेत यथासिघ्र आधिकारिक पत्र वा इमेल [email protected] मार्फत जानकारी दिन अनुरोध छ ।’

‘कतिपय सञ्चार माध्यममा अत्यावश्यक औषधि उपलव्ध नभएको भन्ने आउने गरेका छन्, यसलाई व्यवस्थित रुपमा सम्वोधन गर्नका लागि हामीले सम्वन्धित पक्षबाट स्पष्ट रुपमा विवरण सहित जानकारी माग गरेका हौँ । बास्तवमै समस्या छ भने विभाग सहजीकरण गर्न तयार छ,’ महानिर्देशक ढकालले भने ।

उनले यस्तो जानकारी इमेलबाट जुनसुकै बेला दिन सकिने समेत बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *