छात्रा मृत्यु प्रकरण : चितवन मेडिकल कलेजको ओपिडि सेवा ठप्प

 


काठमाडौँ, २८ वैशाख । चितवन मेडिकल कलेजमा अध्यनरत छात्रा मृत फेला परेपछि  घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै ओपिडि सेवा ठप्प पारिएको छ ।

बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी सिम्रन थापा बुधबार आफ्नै कोठामा मृत फेला परेकी थिईन् । विद्यार्थीहरुले थापालाई शिक्षकले मानसिक तनाव दिएर आत्महत्याका लागि बाध्य पारेको आरोप लगाएका छन् । उनीहरुले सो को विरोधमा अस्पतालको डेन्टल ओपिडी बन्द गराएका छन् ।

शिक्षकले परीक्षा दिइरहेकी थापालाई जबरजस्ती परीक्षा हलबाट निकालेका कारण उनले आत्महत्या गरेको भन्दै आन्दोलनरत विद्यार्थीले दोषी शिक्षकलाई कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

पीडितले न्याय र पीडकलाई सजाय नभएसम्म मेडिकल कलेजको सम्पूर्ण ओपिडि सेवा अनिश्चितकालका लागि बन्द गर्ने विद्यार्थी सङ्घर्ष समितिले जनाएको छ ।

मेडिकल कलेजमा दन्त चिकित्सक चौथो वर्षमा अध्यनरत सिमरन थापा बुधबार आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन्। पाल्पा रामपुर नगरपालिका– ४ घर भएकी  २३ वर्षीया सिमरन थापा भरतपुर-१० सप्तगण्डकी चोकमा रहेको आफू सुत्ने कोठामै मृत फेला परेकी हुन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *