डा. आरपी बिच्छा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त

काठमाडौँ, ७ बैशाख । सरकारले डा. रामपदारथ (आरपी) बिच्छालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको छ । गत ४ बैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले डा बिच्छासहित तीन जनालाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बरिष्ठ बालरोग विशेषज्ञ डा बिच्छा यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकारको रुपमा काम गरेका थिए । उनले देउवा नेतृत्वको सरकारका पालामा विज्ञ सल्लाहकारको रुपमा १७ महिना विताएका थिए ।

‘सदस्य पदमा नियुक्ती गरिएको बारेमा मलाई केही वेर अघि खबर आएको छ । भोली नै हाम्रो सपथ ग्रहण राखिएको रहेछ । अरु साथीहरु को को नियुक्त हुनु भएको छ मैले राम्ररी थाहा पाइसकेको छैन्,’ डा. विच्छाले भने ।

स्वास्थ्य मन्त्रालयका एघारौँ तहका कर्मचारी डा बिच्छालाई ६० वर्षे पदावधी सकिएपछि सरकारले विज्ञको रुपमा थप दुई वर्ष पदावधी बढाएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *