विदेश :

बिरामीको हत्या गरेको अभियोगमा सफाइ पाएपछि डाक्टरले मागे २० मिलियन डलर क्षतिपूर्ति


अमेरिका । १४ जना बिरामीको हत्या गरेको अभियोगमा सफाइ पाएपछि ओहायोका एक जना डाक्टरले अस्पताल सञ्चालन गर्ने संस्था विरुद्ध मुद्धा दायर गरेका छन् ।

अभियोगमा सफाई पाएका डा विलियम हुसेलले बुधबार डेट्रोइटको संघीय अदालतमा अस्पताल सञ्चालन गर्ने संस्था राष्ट्रिय क्याथोलिक स्वास्थ्य प्रणाली विरुद्ध मुद्धा दायर गरेका हुन् ।

उनले उजुरीमा आफूविरुद्ध दुर्भावनापूर्ण अभियोग दावी गरेको भन्दै संस्था विरुद्ध २० करोड डलर (झण्डै २ अर्व ६२ करोड रुपैयाँ ) क्षतिपूर्ति समेत माग गरेका छन् ।

राष्ट्रिय क्याथोलिक स्वास्थ्य प्रणालीबाट सञ्चालित ट्रिनिटी हेल्थ क्रप्स अन्तरगर्तको माउन्ट कार्मेल वेस्ट अस्पतालमा कार्यरत रहेका बेला उनी माथि त्यहाँ उपचाररत १४ जना बिरामीहरुलाई मारेको आरोप लागेको थियो । सन् २०१८ को अन्तमा यो विषय बाहिर आएपछि उनलाई अस्पतालले बर्खास्त गरेको थियो । अस्पतालको सो निर्णय विरुद्ध उनले पुरनावेदन गरेका थिए ।

त्यसबेला आइसीयूमा कार्यरत डा विलियमले उपचार गराईरहेका बिरामीहरुलाई नदुख्ने औषधि(पेन किलर) दिएका थिए । त्यस लगत्तै ती चौध जनाको ज्यान गएको थियो ।

डा विलियममाथि आरोप लगाउने पक्षले ५०० एमजीको कडा पेनकिलर फेन्टालिन प्रयोग गरेको अभियोग लगाइएका थिए । उनीहरुले गैर सर्जिकल केशमा यस्तो कडा पेनकिलर दिनुले यसको उदेश्य जीवन समाप्त गरिदिनु हो भनेका थिए । तर डा विलियम पक्षका वकिलहरुले गम्भीर अवस्थामा रहेका बिरामीहरुलाई आरामदायी हेरचाह गरेको र मार्ने उदेश्य नभएको बताएका थिए ।

गतवर्ष नै भएको यो मुद्धाको सुनुवाईपछि डा विलियम सो आरोपमा निर्दोश देखिएका छन् । डा विलियमले आफूले अदालतबाट सफाइ पाएपनि त्यो गम्भीर आरोपका कारण सामाजिक प्रतिष्ठामा आँच पुगेको र त्यसले डाक्टरको रुपमा पुन: काममा फर्कन अवरोध भएको भन्दै क्षतिपूर्ति माग गरेको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *