कोभिड -१९ महामारीको तनावले अमेरिकामा १ लाख बढी नर्सले जागिर छाडे
न्यूयोर्क, २ बैशाख । कोभिड -१९ महामारीको तनाव पछि अमेरिकामा एक लाख बढी नर्सले जागिर छोडेका छन् । नेशनल काउन्सिल अफ स्टेट बोर्ड अफ नर्सिङ (एनसीएसबीएन)ले विहीबार प्रकाशित गरेको सर्भेक्षणको नतिजामा एक लाख रजिष्टर्ड नर्सले कोभिड -१९ महामारीको तनावका कारण जागिर छोडेको उल्लेख गरेको छ ।
सर्वेक्षणले ६ लाख १० हजार ३३८ जना रजिष्टर्ड नर्सले सन् २०२७ सम्ममा जागिर छाड्ने योजना बनाएको बताएका छन् । सर्भेक्षणले जागिर छाड्ने योजना बनाउने नर्सहरु १० वर्ष बढी कार्यानुभव भएका र औषत उमेर ५७ वर्ष रहेका छन् ।
उनीहरुले पनि काममा तनाव, थकाई जागिर छाड्ने कारणमा उल्लेख गरेका छन् । यस्तै धारणा थप १ लाख ८९ जना नर्सले पनि बताएका छन् । जो दश वर्ष देखि काम गरेका र उमेर औषत ३६ वर्षको आसपासमा रहेको छ ।
सर्वेक्षणले सन् २०२२ को तथ्यांक प्रस्तुत गर्दै अमेरिकामा ५२ लाख क्रियाशिल रजिष्टर्ड नर्स र ९ लाख ७३ हजार ७८८ जना लाइसेन्स लिने प्रक्रिया वा स्वयंसेवी रुपमा काम गर्ने नर्सहरु रहेको देखाएको छ ।
सर्वेक्षणका लागि २९ हजार ४७२ जना रजिष्टर्ड नर्स र २४ हजार स्वयंसेवी नर्सहरु सहभागी थिए । उनीहरु विभिन्न ४५ राज्यमा काम गर्दै गरेका थिए ।
सर्वेक्षणमा सहभागीमध्ये ६२ प्रतिशत नर्सले महामारीको बेलामा कामको बोझ भएर जागिर छाडेको बताएका छन् । ५०.८ प्रतिशतले काममा भावनात्मक रुपमा थकित भएकोले छाडन लागेको बताएका छन् ।
सर्भेमा लगभग आधा जसो नर्सहरुले थाकेर वा मानसिक तनाव भएर पेशाबाट विदा हुन लागेको वा विदा भएको बताएका छन् । यसरी बताउनेहरु १० वर्ष भन्दा कम अनुभव भएका नर्सहरु अर्थात युवा नर्सहरु हुन् ।
एनसीएसबीएनका अनुगमन प्रमुख तथा सर्वेक्षणकर्ता मध्येका एक मेरीआन अलेक्जेण्डरले युवा नर्सहरुको पेशाप्रतिको सोचाई देखेर आफू छक्क परेको बताईन् ।
उनी भन्छिन्, ‘यहि ताल हो भने देशमा १० वर्ष भदा कम अनुभव भएकै नर्सहरु मेट्रोन, म्यानेजर तथा नर्सिङ केयरको नेता बन्नेछन् ।’
उनले यसले अमेरिकालाई ठूलो अनुपातमा स्वाथ्य सेवामा संकट पैदा गर्ने समेत बताईन् ।
सम्पर्क इमेल : [email protected]