नसर्ने रोग सम्बन्धि राष्ट्रिय कार्यशाला हुने

काठमाडौँ, २७ चैत । नसर्ने रोगविरुद्धको अभियानमा क्रियाशिल संस्था नेपाल एनसीडी एलायन्सले बृहत राष्ट्रिय कार्यशालाको आयोजना गर्ने भएको छ । सम्मेलनमा नसर्ने रोगसंग बाँचिरहेका व्यक्तिहरु, नसर्ने रोगविरुद्ध क्रियाशिल संस्था र सरकारका प्रतिनिधिहरुको सहभागिता हुनेछ ।

राष्ट्रिय कार्यालय गर्ने बारे आइतबार भएको तयारी बैठकमा एलायन्सका अध्यक्ष प्राडा प्रकाशराज रेग्मीले नसर्ने रोगको भयावह अवस्था रोक्न, यसविरुद्ध सचेतना बढाउन, रोग लागेका व्यक्ति, सरोकारवाला अन्य समूह एकै ठाउँमा बसेर आवश्यक कार्ययोजना बनाउने बताए । उनले यसका लागि चरणवद्ध रुपमा सरोकारवाला पक्षसंग छलफल गरी एजेण्डा तय गर्ने समेत बताए ।

एलायन्सका सह अध्यक्ष शान्तलाल मुल्मीले नसर्ने रोगको जोखिम तिब्र गतिमा बढ्दै गएको भन्दै यसलाई न्युनिकरण गर्न राज्यका साथ नागरिक समाज, विभिन्न संघ संस्थाको समेत हात हुने बताए । उनले सोही योजना अनुसार राष्ट्रिय स्तरको कार्याशालाको आयोजना गर्न लागिएको बताए ।

एलायन्सका उपाध्यक्ष प्राडा अभिनव वैद्यले राष्ट्रिय कार्याशालाले विशेषगरी नसर्ने रोगसंगै बाँचेकाहरुको भावना सुन्ने, बुझ्ने र यसको नियन्त्रणका लागि रणनीति तय गर्ने बताए । उनले कार्याशालामा लागि देशका सातै प्रदेश र भूगोलको आधारमा प्रतिनिधिहरु समेत सहभागि गराउने योजना रहेको बताए ।

एलायन्समा महासचिव किशोर प्रधानाङ्ग नेपालमा एनसीडीको बढ्दो क्रमबारे जानकारी दिदै छिटै कदम नचाले भयावह अवस्था हुने बताए । यस्तै एलायन्सका सदस्य शिव श्रेष्ठले नसर्ने रोगको विषयमा गरिने कार्याशालाले राज्यलाई नयाँ रणनीति बनाउन समेत सहयोग पुग्ने बताए ।

बैठकमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा रईश पोखरेल, नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपाने, पिपुल लिभिङ वीथ एनसीडीका तर्फबाट अनु गोमानजु, नेपाल क्यान्सर सर्भाइभर सोसाइटीका प्रमिला केसी लगायतले कार्यशालाको तयारी र यसको मोडालिटीबारेमा धारणा राखेका थिए ।

आइतबारको बैठकले प्रारम्भिक चरणमा आएका सुझावहरुलाई समेटदै कार्याशालाको मोडालिटी तयार गर्ने निर्णय गरेको छ । कार्याशाला कहिले गर्ने भन्ने विषयमा आगामी बैठकले निर्णय दिने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *