सर्जरी गरिएकी महिलाको मृत्युपछि चार जना डाक्टरलाई जेल सजाय
एजेन्सी । प्लास्टिक सर्जरी गराएकी एक महिलाको मृत्यु भएपछि अदालतले चार जना डाक्टर विरुद्ध जेल सजाय सुनाएको छ । ती डाक्टरले महिलाको लिपोसक्सन सर्जरी गरेका थिए । यो सर्जरीले शरीरको भित्रीतहबाटै अतिरिक्त मोटोपना हटाइने गरिन्छ ।
यो घट्ना अरब राष्ट्र जोर्डनको हो ।
त्यहाँको उच्च अदालतले उपचारमा सम्लग्न डाक्टरहरुलाई छ महिना देखि तीन वर्षसम्म कैद सजाय सुनाएको छ । मृतक महिला राजधानी अम्मानकी थिईन् । अदालतले सर्जरीको नेतृत्व गर्ने डाक्टरलाई तीन वर्ष जेल सजाय तोकेको छ । सर्जरीमा सहभागी अन्य डाक्टर तथा एनेस्थिसिायोलोजिष्टलाई एक एक वर्षको सजाय सुनाएको छ । एक जना एनेस्थेसियोलोजिष्टलाई भने ६ महिना कैद फैसला गरेको छ ।
जोर्डन न्युज एजेन्सी ‘पेत्रा’का अनुसार सजाए सुनाइएका डाक्टरहरुले अदालत समक्ष निर्ण पुर्नविचार गर्न भने पाउँछन् । अदालतमा दिएको जाहेरी अनुसार जो डाक्टरले शल्यक्रिया गरे ती डाक्टर प्लास्टिक सर्जन थिएनन् । तर उनले तीन तीन घण्टा भन्दा बढी समय शल्यक्रिया कक्षमा थिए ।
रिट निवेदनकर्ताले शल्यक्रिया गरेपछि आवश्यक पर्ने इन्सेन्टिभ केयर युनिट नभएको, लिपो सक्सन सर्जरी गर्ने लायक ठाँउ समेत नभएको आरोप लगाएका छन् । सर्जरीका दौरानमा महिलाको स्वास्थ्य अवस्था बिग्रदै जाँदा ज्यान बचाउने प्रयास समेत नगरेको आरोप पिडीत पक्षले लगाएका छन् ।
रिटमा चाहिने भन्दा बढी मोटोपना हटाउँदा स्वास्थ्य बिग्रिएको भनिएको छ । ३ देखि ४ लिटर हटाउनु पर्ने थियो तर सर्जरीको नेतृत्व गरेका डाक्टरले ७ लिटर हटाए । यसले पनि समस्या थपिएको हो । पिडीत पक्षबाट बहस गरेका वकिलहरुले दावी गरेका थिए ।
सम्पर्क इमेल : [email protected]