उपप्रधान एवं उर्जा मन्त्री लिङदेनद्धारा रक्तदान

काठमाडौँ, ८ माघ । उपप्रधान एवं उर्जा मन्त्री राजेन्द्र लिङदेनले रक्तदान गरेका छन् । शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवाहरुको संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपाल काठमाडौँ क्षेत्र नं १ ले शंखमुलमा आयोजना गरेको रक्तदान कार्यक्रममा गएर उनले रक्तदान गरेका हुन् ।

त्यसअघि रक्तदान कार्यक्रमको उदघाट्न गर्न स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेम सागर कर्माचार्य पुगेका थिए ।

उनले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपालका केन्द्रीय सदस्य राजेश भट्टराईलाई व्लड व्याग हस्तान्तरण गरेपछि कार्यक्रमको शुभारम्भ भएको थियो ।

कार्यक्रममा लिङदेनसंगै वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रको समेत उपस्थिति रहेको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री एवं उर्जा मन्त्री लिङदेनले कर्माचार्यलाई खादा ओढाइ सम्मान गरेका थिए ।

रक्तदान कार्यक्रममा उपप्रधानमन्त्री लिङदेन सहित ५० जनाले रक्तदान गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *