मंगलबार प्रचण्ड सरकारले पूर्णता पाउने, दिउसो १ बजे नयाँ मन्त्रीहरुलाई सपथ गराउने तयारी
काठमाडौँ, २ माघ । पुष्पकमल दाहाल नेतृत्वको सरकारले मंगलबार पूर्णता पाउने भएको छ । आज बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको पाँच घण्टा लामो बैठकले पूर्णता दिने निर्णय गरेको हो ।
बैठकपछि बाहिरिने क्रममा उपप्रधान एवं गृहमन्त्री रबि लामिछानेले मन्त्रालयको बाँडफाँड टुंगिएको बताए । उनले भोलि दिउसो १ बजे नयाँ मन्त्रीहरुले राष्ट्रपति कार्यालयमा गएर सपथ लिने समेत बताए ।
‘अब मन्त्रालयको विषयमा पुन बैठक बस्नु पर्ने छैन् । भोली दिउसो १ बजे नयाँ मन्त्रीहरुले सपथ लिनु हुनेछ,’ मन्त्री लामिछानेले भने ।
यसअघि स्वास्थ्य मन्त्रालय दुई दलले लिने गरी करीव करीव सहमति पुगेको बताइएको थियो ।
त्यसमा नेकपा एमालेको मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीलाई राज्यमन्त्री दिने गरी सहमति भएको बताइएको थियो ।
यस्तै शिक्षा मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा जाने बताइएको थियो ।
सम्पर्क इमेल : [email protected]