शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन योगको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

भक्तपुर, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन योगको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

राष्ट्रिय योग दिवसको अवसरमा शिक्षा मन्त्रालयले सानो ठिमीमा आयोजना गरेको कार्यक्रमलाई आज सम्वोधन गर्दै सरकारले योग, ध्यान तथा अध्यात्म सम्वन्धी कार्यक्रमलाई थप परिस्कृत रुपमा अघि बढाउने आश्वासन दिए ।

‘मानिस भौतिक रुपमा सम्पन्न देखिन्छ तर मानसिक रुपमा कमजोर भएको देखियो । अझ विकसित मुलुकमा यस्ता समस्या बढी देखिन थाले । यस्तो समस्या हटाउने सबैभन्दा राम्रो उपाय भनेको योग तथा अध्यात्म हो । मनो वैज्ञानिक रुपमा बलियो हुनका लागि पनि योग ध्यान र आध्यात्मिक चेतनाबाट अघि बढ्नु आवश्यक छ,’ उनले भने ।

सरकारले विसं २०७२ साल देखि १ माघमा राष्ट्रिय योग दिवस मनाउँदै आएको छ ।

शिक्षा विज्ञान प्रविधि मन्त्रालयको आयोजनामा मुल समारोह समिति गठन गरी यो दिवस मनाइने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *