सरकारी अस्पतालमा जन्मिएका छोरीहरुलाई भरतपुर महानगरद्धारा एक लाख रुपैयाँको जीवन बीमा सुविधा

चितवन, ८ पुस । भरतपुर महानगरपालिकाले सरकारी अस्पतालमा जन्मिएका आफ्नो नगरका छोरीहरुलाई एक लाख रुपैयाँको निशुल्क जीवन बीमा गरिदिन थालेको छ ।

महानगरपालिकामा दोस्रो पटक निर्वाचित भएकी नगरप्रमुख रेणु दाहालले गत ११ जेठ यता सरकारी अस्पतालमा जन्मिएका छोरीहरुलाई यो सुविधा पाउने व्यवस्था मिलाएकी छन् ।

शुक्रबार भरतपुर सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख दाहालले निशुल्क जीवन बीमा गरिएका ७२ जना छोरीहरुलाई बीमा लेख उपलव्ध गराई औपचारिक रुपमा यो सेवाको आरम्भ गरिन् । यो बीमा योजनाको विमांक रकम ५० हजार रुपैयाँको छ । १५ बर्ष पछि ती छोरीहरुले प्रचलित बोनसदरका आधारमा एकमुष्ट रकम पाउने बताइएको छ ।

महानगरका स्वास्थ्य स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले सरकारी अस्पतालमा गत ११ जेठ यता जन्मिएका छोरीहरुले यो सुविधा पाउने गरी कार्यविधि तयार गरिएको बताए । उनले अब नगरपालिका भित्रका बासिन्दाले सरकारी अस्पतालमा छोरी जन्मेको खण्डमा ९० दिन भित्र वडा कार्यालयमा गएर जन्मदर्ता सहित निवेदन दिएमा एक लाख रुपैयाँसम्मको जीवन बीमाको सुविधा लिन पाउने बताए । उनले यो वीमाको अवधी १५ वर्षसम्म रहने समेत जानकारी दिए ।

यसअघि नगरप्रमुख दाहालले नगर भित्रका प्रत्येक घर परिवारलाई सात हजार लिटर सम्मको खानेपानी निशुल्क उपलव्ध गराउने निर्णय गरी कार्यान्वयनमा ल्याइसकेकी थिईन् ।

अघिल्लो कार्यकालमा उनले महिलाहरुको लागि भरतपुर अस्पतालमा ओपिडी निशुल्क गर्ने निर्णय गरेकी थिईन् ।

उनले आम जनताको पक्षमा काम गर्नका लागि स साना समस्याहरुलाई समाधान गर्दै अघि बढ्ने योजना अनुरुप पछिल्लो पटक छोरी बीमा र निशुल्क खानेपानीको व्यवस्था मिलाएको बताईन् ।

उनले महिलाहरुले अवसर पाए हरेक क्षेत्रमा पुरुष सरह नै काम गर्न सक्ने धेरै उदाहरणहरु प्रस्तुत भइसकेकाले उनीहरुको पक्षमा केन्द्रीय रहेर निर्णय गरेको जानकारी दिईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *