यी हुन् ‘लेफ्ट’ र ‘डेमोक्र्याट’ प्यानलबाट उम्मेद्धारी दिने चिकित्सकहरु

आठ जना चिकित्सकले प्यानल खुलाएनन्

काठमाडौँ, ४ पुस ।  नेपाल चिकित्सक संघको आशन्न निर्वाचनका लागि चिकित्सकहरुले यसपटक पनि लेफ्ट र डेमोक्र्याट प्यानलबाट उम्मेद्धारी दिएका छन् ।

उम्मेद्धारी दिएका केही चिकित्सकहरुले भने प्यानल खुलाएका छैनन् । निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहनेलाई निर्वाचन समितिले आज अपरान्ह तीन बजेसम्मका लागि मनोनयन दर्ता गर्न भनेको थियो ।

सो अवधीमा ४१ जनाले मनोनयन दर्ता गराएका हुन् । ती मध्ये लेफ्ट प्यानलबाट डा सन्तोष पौडेलको नेतृत्वमा १४ जनाको मनोनयन भएको छ ।

उता डेमोक्रयाट प्यानलबाट डा अनिल बिक्रम कार्कीको नेतृत्वमा सबै १९ वटै पदमा उम्मेद्धारी परेको छ । अरु विभिन्न पदमा उम्मेद्धारी दिएका ७ जनाले भने प्यानल खुलाएका छैनन् ।

कसको उम्मेद्धारी कुन प्यानलबाट ?

बरिष्ठ उपाध्यक्ष सहित पाँच वटा पदमा निर्विरोध

पदाधिकारी र सदस्य गरी कुल १९ पदमा हुने निर्वाचनमा पदाधिकारी तर्फको पाँचवटा पदमा एकल उम्मेद्धारी परेको छ । यस अर्थमा ती पदहरुमा उठेका उम्मेद्धारहरु निर्विरोध निर्वाचित हुने निश्चत भएको छ । यद्धपी निर्वाचन समितिले आधिकारिक जानकारी मंगलबार अपरान्ह उम्मेद्धारहरुको सूची सार्वजनिक गर्दा दिने भनेको छ ।

अहिले एकल उम्मेद्धार परेर निर्विरोध नजिक परेकाहरुमा बरिष्ठ उपाध्यक्ष डा बद्री रिजाल, लुम्बिनीका उपाध्यक्ष डा नन्दा कुमारी गुरुङ कर्णालीका उपाध्यक्ष केशरबहादुर ढकाल रहेका छन् ।

यस्तै सहसचिवमा उठेका डा लिजन महर्जन र सह कोषाध्यक्षमा उठेका डा विक्रान्त ढकाल पनि निर्विरोध निर्वाचित हुने निश्चित भएको छ । यी उम्मेद्धारहरुले डेमोक्रयाट प्यानलबाट मनोनयन गरेका गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *