संसारकै होचो व्यक्ति बने इरानका अफशीन इस्माइल
नेपालका दुई जनाले पनि राखेका थिए संसारकै होचो व्यक्ति भएको विश्व रेकर्ड
एजेन्सी । इरानका अपशीन इस्माइल गजरजादेह संसारकै सबैभन्दा होचा व्यक्ति बनेका छन् । २० वर्षका उनको उचाई २ फिट १.६४(६५.२४ सेमी) रहेको छ ।
यसअघि संसारकै सबैभन्दा होचो व्यक्तिको रेकर्ड कोलम्बियाका ३६ वर्षीय एडवर्ड निनो हर्नाडेजको नाममा रहेको थियो । उनी २ फिट ४.३८ इन्च (७२.१ सेमी) का थिए ।
गिनिज वर्ल्ड रिकर्डको अनुसार २० बर्षका अफशनि इस्माइको जम्म पश्चिम इरानको अजरबैजान प्रान्तको काउटी भन्ने ठाउँको एक गाउँमा भएको थियो । जन्मदा उनको तौल ७०० ग्राम थियो तर अहिले २० बर्ष पछि पनि उनको तौल ६.५ केजी रहेको छ । उनी निकै गरीव परिवारका सदस्य रहेको बताइएको छ ।
उनी उचाईँका कारण स्कुल गएका छैनन् तर नाम लेख्न भने सिकेका छन् । त्यसमै आफू खुशी रहेको उनले बताएका छन् । आफूलाई मोवाइल चलाउन समेत नआउने र अफ्टेरो हुने बताउने अफशीनलाई एक जना आफ्नो साथीले उपहारमा मोवाइल दिएको बताएका छन् । उनले त्यसलाई प्रयोगमा ल्याउन प्रयास गरिरहेको समेत बताएका छन् ।
जीवनमा केही गर्न सकिएन भनेर चिन्तिन बनेका उनी अब संसारकै होचो व्यक्तिमा नाम दर्ज भएपछि भने केही हुन्छ कि भन्ने आशामा छन् । उनले आफू र परिवारका लागि केही योगदान गर्न चाहेको उल्लेख गरेका छन् ।
गिनिज वल्ड रेकर्डका अनुसार अप्रिल २०१० मा निनो नाम गरेका चिनिया व्यक्ति संसारकै सबैभन्दा कम ( ७०.२१ सेमी) कम उचाईका व्यक्ति भएको रुपमा रेकर्ड राखेका थिए । तर उनको सोही वर्ष निधन भयो ।
त्यसपछिका संसारकै होचा व्यक्तिको रेकर्ड नेपालका खगेन्द्र थापा मगरको नाममा थियो । सन् २०१० को अक्टोवरमा १८ वर्षको उमेर हुँदा उनी संसारकै सबैभन्दा कम (६७.०८ सेमी) उचाई भएको व्यक्तिको रेकर्ड राखेका थिए ।
थापाको सन् २०२० को जनवरीमा निधन भएको छ ।
त्यसपछि सन् २०११ को जुनमा फिलिपिन्सका जनरी वालावीङको नाममा संसारको होचो व्यक्ति भएको रेकर्ड गयो । उनको उचाई ५९.९३ सेन्टिमिटर थियो । उनको पनि सन् २०२० को जुलाईमा निधन भयो ।
तर, त्यसअघि नै नेपालका चन्द्रबहादुर डाँगीले उनको रेकर्ड तोडिसकेका थिए ।
सन् २०१२ को फेब्रअरीमा गिनिज वर्ल्ड रेकर्डले डाँगीको उचाई ५४.६ सेमी रहेको भन्दै संसारकै सबैभन्दा होचा व्यक्तिको दर्जा दिएको थियो । उनको पनि ७२ वर्षको उमेरमा सन् २०१५ मै निधन भइसकेको छ ।
सम्पर्क इमेल : [email protected]