बुधबार थप ९ जनामा कोरोना संक्रमण, २४ जना डिस्चार्ज
काठमाडौँ, ३० कात्तिक । बुधबार देशभर थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप २४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार ६२० नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ४७५ रहेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]