नेपाल एनसीडी एलायन्समा नयाँ कार्यसमिति, अध्यक्षमा डा. रेग्मी

काठमाडौँ, ४ असोज । नेपाल एनसीडी एलायन्सको अध्यक्षमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको प्रथम साधारण सभाले डा रेग्मीलाई अध्यक्षमा चयन गरेको हो ।

यस्तै साधारण सभाले एलायन्सको बरिष्ठ उपाध्यक्षमा शान्तलाल मुल्मी, उपाध्यक्षमा डा अभिनव वैद्य र महासचिवमा किशोरकुमार प्रधानांग र कोषाध्यक्षमा उत्तमा श्रेष्ठलाई चयन गरेको छ ।

संस्थाको सदस्यहरुमा शिव श्रेष्ठ र सरोज ढुंगेल चयन भएका छन् । नयाँ कार्य समितिको कार्यकाल पाँच वर्षको हुनेछ ।

नव निर्वाचित अध्यक्ष रेग्मीले आफ्नो संस्था बढ्दो क्रममा रहेको नसर्ने रोगको जोखिम न्युनिकरणका लागि विभन्न कार्य योजनाका साथ अघि बढ्ने बताए । ‘मुटु, क्यान्सर, मधुमेह जस्ता नसर्ने रोगको जोखिम कम गर्नका लागि हामीले सामुहिक रुपमा एक आपसमा हातेमालो गर्दै विभिन्न गतिविधिहरु गर्नेछौँ । त्यसका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसंग सहकार्य हुनेछ,’ उनले भने ।

नेपाल एनसीडी एलायन्स सन् २०१४ मा लुज नेटवर्कको रुपमा स्थापना भई विभिन्न गतिविधि गर्दै आएको भएपनि पछिल्लो पटक संस्था दर्ता प्रक्रिया सम्पन्न गरेपछि पहिलो साधारणसभा गरिएको महासचिव प्रधानांगले जानकारी दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *